Erani Mahal
रुखबाट लडेर एक जना महिलाको मृत्यु

पाल्पा - पाल्पामा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका–५, धाकरडाँडाकी ३१ वर्षीया मीनाकुमारी लामिछानेमगर रहनुभएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान घर नजिकैको काभ्रोको रुखमा चढेर घाँस काट्ने क्रममा रुखबाट लडेर उहाँ गम्भीर घाइते हुनुभएको थियो ।

उहाँको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update