Erani Mahal
एमाले पाल्पाको अध्यक्षमा ओम घर्तीको दावी !

पाल्पा, नेकपा एमाले पाल्पाको आगामि अधिवेशनको लागि पाल्पा जिल्ला अध्यक्षमा ओम बहादुर घर्ती मगरले दावी पेश गर्नुभएको छ ।  यही जेठ ११ र १२ गते तानसेनमा हुने दशौं  जिल्ला अधिवेशनको लागि पूर्व सचिव समेत रहनुभएका नेता घर्तीले आफू भए सर्वसम्मत नभए निर्वाचन प्रक्रियाबाट भएपनि अध्यक्ष हुने रानीमहलसँगको भेटमा बताउनुभयो ।

नेकपा एमाले राष्टिय प्रतिनिधि परिषद सदस्य रहनुभएका घर्ती २०५० सालमा पार्टीको सदस्यता प्राप्त गरी २०५५ सालदेखि जिल्ला कमिटि सदस्य रहनुभएको थियो ।  २ कार्यकाल जिल्ला सचिव समेत बन्नुभएका घर्ती तिनाउँ गाउँपालिकाको संस्थापक पालिका अध्यक्षको भूमिका समेत निर्वाह गरिसक्नुभएको छ । 

उहाँ २०५३ सालमा पाल्पा जिल्लाको तत्कालिन इलाका नंं १३ को संयोजक (सचिव) भई २०५३ सालमा, २०५५ सालदेखि ३ कार्यकाल जिल्ला कमिटि सदस्य, २ कार्यकाल पार्टी सचिव, नेकापा विभाजन पछि प्रदेश कमिटि सदस्य रहनुभएको थियो । २०५४ सालको स्थानीय निर्वाचनमा तानसेनको जनप्रिय माविको स्थायी शिक्षकको रुपमा कार्यरत रहँदा राजिनामा दिई कचल गाविसमा एमालेको तर्फबाट उम्मेदवार बनी विजयी बनेर जनताको सेवा गर्नुभएको थियो । घर्तीले २०७४ सालको स्थानीय निर्वाचनमा तिनाउँ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर तिनाउँको विकास निर्माण र संगठन निर्माणको काममा खटिनु भएको थियो । 
२०५४ सालमा एमाले पार्टीको तर्फबाट कचल गाविसको अध्यक्षमा निर्वाचित भइ समाजसेवा र जनताको सेवा खटिदै आएको अहिलेसम्म पार्टी र जनताको सेवामै खटिएको भएका कारण आफू पार्टी अध्यक्षको स्वभाविक दावेदार भएको घर्तीले रानीमहललाई बताउनुभयो । उहाँले आफू पार्टी र जनताको सेवामा निरन्तर खटिएको कारण पाल्पाली जनताको भावना अनुसार पार्टी अध्यक्षमा उम्मेद्वारी दिन लागेको बताउनुभयो ।  
उहाँले आफूलाई पार्टी अध्यक्ष बनाउन सबै कार्यकर्ताहरुको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । यसै विच एमाले पाल्पाको अध्यक्षका लागि अहिलेका सचिव भोजराज पोखरेल रामजीले समेत अध्यक्षमा प्रतिस्प्रर्धा गर्ने बताउनुभएको छ ।  एमाले नेताहरुका अनुसार सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने नभए निर्वाचनको लोकतान्त्रिक विधिलाई आत्मसाथ गर्ने जनाएका छन् ।  

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update