Erani Mahal
एमाले पाल्पाको अधिवेशन तयारी पूरा

तानसेन – नेकपा एमाले पाल्पाले दशौँ जिल्ला अधिवेशनको तयारी पूरा भएको जनाएको छ । भोलि शुक्रबारदेखि हुने जिल्ला अधिवेशनको सबै तयारी पूरा भएको एमालेले जनाएको छ । अधिवेशन व्यवस्थित र मर्यादित हुने जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले बताउनुभयो । 
जिल्ला अधिवेशनमा ४७७ जना प्रतिनिधि सहभागी हुनेछन् । जसमा भुगोल, जाति क्षेत्रको सहभागिता हुनेछ । वडा, पालिका, जनवर्गीय सङ्गनबाट छानिएका र मनोनित गरेका गरी ४७७ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन् । अधिवेशनमा राजनैतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्नुहुने तय भएको छ । अध्यक्ष केपी शर्मा ओलीलाई निम्तो गरिएपनि कार्यव्यस्तताले अध्यक्ष ओली सहभागी नहुने भएपछि महासचिव पोखरेलले अधिवेशनको उद्घाटन गर्नुहुनेछ । अधिवेशन तानसेन नगरपालिकाको सभाहलमा हुने पार्टीका सचिव भोजराज पोखरेल (रामजी)ले बताउनुभयो । 
दशौँ अधिवेशनको अवसरमा एमाले पाल्पाको पहिलो अधिवेशनबाट तत्कालित सचिवमा निर्वाचित नेता झपेन्द्रबहादुर जिसी र दोस्रो अधिवेशनबाट निर्वाचित तत्कालिन पार्टी सचिव दलबहादुर रानालाई सम्मान गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।  


 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update