Erani Mahal
बोक्सीको आरोप लगाएर महिलालाई कुटपिट

तानसेन - बोक्सीको आरोप लगाएर महिलालाई कुटपिट गर्ने पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बगनासकाली गाउँपालिका–९, बस्ने २९ वर्षका पदम बस्याल छन् ।

 

 

पक्राउ परेका बस्यालमाथि नजिकैको छिमेकी एक महिलालाई निलडाम हुने गरी कुटपिट गरेको आरोप लागेको छ । गत जेठ ६ गते बिहान पीडित महिला भैँसीलाई लागो लागेको भन्दै झारफुक गर्न घरमा अक्षता लिएका बेला बस्यालले महिलालाई नै बोक्सी भनेर कुटपिट गरेको पीडितको भनाइ छ ।

 

 

बस्यालले महिलाको आँखामा बोक्सी छ भनेर लौरो र हातले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पक्राउ परेका बस्यालमाथि बोक्सीको आरोप कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

Ban-Ad-2-1718539033.jpg

DLSO-1718539033.jpg

gharelu-1-1718539036.jpg

khanepani-1718539038.jpg

kaligandaki-karidor-1718539038.jpg

sa-d-k-1718539039.jpg

tax-ad-2-1718539040.jpg

 
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update