Erani Mahal
को बन्ला एमाले पाल्पाको अध्यक्ष ? 

पाल्पा – नेकपा एमाले पाल्पाको दशौं जिल्ला अधिवेशन हिजोदेखि तानसेनमा सुरु भएको छ । अध्यक्षमा यो समाचार तयार पार्दा सम्म दुई जनाको चर्चा रहेको छ । अहिलेका पाटी सचिव रामजी पोखरेल र पूर्व सचिव ओम बहादुर घर्तीबीचमा प्रतिस्प्रर्धा हुने देखिएको छ । तर अहिलेसम्म निर्वाचन हुने वा सहमति हुने भन्ने कुरा टुंगो लागिनसकेको एमाले स्रोतले बताएको छ । 

 


एमालेका जिल्ला तथा केन्द्रीय तहका नेताहरु सकेसम्म सहमतिमै जिल्लाको नेतृत्व टुंग्याउने गरेर व्यक्तिगत तथा सामुहिक छलफलमा लागेका छन्  तर अध्यक्षका आकांक्षी दुवै जनाले आफू नै अध्यक्ष बन्नुपर्ने तर्क पेश गरेपछि मिलाउन सकस भएको छ । सकेसम्म सहमतिमै नेतृत्व ढुंग्याउने भन्ने नेताहरुको कुरा छ नभए लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार निर्वाचन पनि हुन सक्ने एमाले नेताहरुले बताएका छन् । 

 


अध्यक्ष लगायतका पदाधिकारीहरु, जातिगत, क्षेत्रगत कलष्टर मिलाउनु पर्ने भएकाले अहिलेको निर्वाचन प्रक्रिया केही ढिलो हुन सक्ने एमालेले जनाएको छ । ८१ वटा पाटीका अधिवेशन प्रतिनिधिहरु भने नेताहरुले कुन विधि र प्रक्रियामा टुंगो लगाउँछन् भनेर टुँडीखेलमा रुल्ट टुल्ल भएर बसेका छन् । 

 


यस्तै जिल्ला कमिटिमा प्रतिनिधित्व गर्ने १० वटै पालिकाको प्रतिनिधिहरुको टुंगो समेत सहमतिमै टुग्याउने गरी लागेको पार्टीले जनाएको छ । उता अध्यक्षका प्रतिस्प्रर्धी उम्मेद्वारहरुले भने आफ्नो पक्षमा माहोल बनाउन र सहयोग गर्न प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।adalt-and-ban-1718531437.jpg

 
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update