Erani Mahal
तिनाउमा भेटिएकाे वेवारिसे शवको हुलिया पहिचान भएन

पाल्पा -  जिल्लाकाे तिनाउमा भेटिएकाे वेवारिसे शवको हुलिया पहिचान  हुन सकेकाे छैन । प्रहरी कार्यालय पाल्पाका अनुसार ११ गते बिहान अन्दाजी ०७:४५ बजेको समयमा जिल्ला पाल्पा तिनाउ गाउँपालिका वडा नं. २ दोभान स्थित गणेश सामुदायिक जंगलमा भेटिएकाे शवकाे पहिचान हुन नसकेकाे हाे । 

उक्त शवकाे  नामथर वतन नखुलेको पुरुष व्यक्तिको

 

जस्तो देखिने सडिगली हड्डी र खप्परको मात्र भाग रहेको शव फेला परेको र हाल सम्म सनाखत हुन नसकेको हुँदा निम्न हुलिया भएको व्यक्तिको शव कोही कसैले पहिचान गर्नुभएमा जिल्ला प्रहरी कार्यालय पाल्पामा जानकारी गराउनुहुन अनुरोध छ प्रहरीले भनेकाे छ ।   सम्पर्क नम्बर १००, ९८५७०६०३००(प्रहरी कन्ट्रोल), ९८५७०६८६९०(सुचना अधिकारी) लाइ समेत जानकारी दिन सकिने छ । 

 

 

निम्न हुलिया:-

हालसम्म नामथर, वतन नखुलेको, कम्मर देखि माथिको भागमा कालो रङको टि-सर्ट, कम्ब्याड गन्जी, खरानी रङ्गको हाईनेक लगाएको र सोही स्थान नजिकै कम्मर देखि तलको भागमा ARMAN लेखेको कालो/निलो रङ्गको जिन्स पाइन्ट लगाएको सम्पूर्ण भाग सडिगली हड्डी र खप्परको मात्र भाग रहेको अवस्थामा कपडाहरुको आधारमा पुरुष व्यक्ति जस्तो देखिने व्यक्ति ।

 
vhu-1718531166.jpg
 
 
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update