Erani Mahal
एमाले पाल्पाकाे अध्यक्षमा घर्ती विजयी

पाल्पा - नेकपा एमाले पाल्पाको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्वाचित हुनुभएको छ । घर्तीमगर सर्वसम्मत रुपमा निर्वाचत हाे । 
यस्तै उपाध्यक्षमा विमल काफ्ले, सचिवमा भोजराज पोखरेल (रामजी), उपसचिवमा दिपक विश्वकर्मा र मीना जिसी निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका लागि घर्तीमगर र पोखरेलको दावी रहेको थियो । तर सहमतिमा पदाधिकारी टुङ्गिएको नेताहरूले बताएका छन् । अध्यक्षमा निर्वाचित घर्तीमगर यसअघि एमाले जिल्ला कमिटिको सचिव र तिनाउ गाउँपालिकाको अध्यक्ष भइसक्नुभएको छ । 
पदाधिकारीसहित १०५ जनाको जिल्ला समिति सहमतिमै टुङ्ग्याउने प्रयास भइरहेको छ । निर्वाचन समितिले केही बेरमै निर्वाचित समिति घोषणा गर्ने तयारी गरेको एमालेका नेताहरूले बताएका छन् । 
शुक्रबारदेखि तानसेनमा जारी अधिवेशनमा ४५० बढी प्रतिनिधि सहभागीभएका थिए । अधिवेशनको उद्घाटन एमालेका महासचिव शङ्कर पोखरेलले गर्नुभएको थियो । 

tax-office-1718530926.jpg

Tana-Pa-Ad-f-1718530926.jpg

 
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update