Erani Mahal
गणतन्त्र दिवसकाे अवसरमा परिसंवाद कार्यक्रम

 पाल्पा - गणतन्त्र दिवसकाे अवसरमा परिसंवाद कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरूले गणतन्त्र संस्थागत गर्नमा सबै नागरिक जिम्मेवार बन्नुपर्नेमा जाेड दिएका थिए । कार्यक्रममा  संविधानसभाका सदस्य नारायणी घिमिरेले गणतन्त्र र संविधानले सबै क्षेत्र, वर्ग, जाति र समुदायलाई अधिकार दिएकाले अब सबै जिम्मेवार भएर संविधानको कार्यान्वयनमा लाग्ने अवस्था सिर्जना गर्न आग्रह गर्नुभयो । उहाँले अहिले समाजमा नकारात्मक विषय फैलाउने तत्व हावी भएकाले सकारात्मक उपलब्धीलाई अपनत्व लिएर गल्तीबाट सुध्रिन आवश्यक रहेको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले गणतन्त्र सीमित व्यक्तिका लागि मात्र हो कि भन्ने व्यवहारले पुष्टि गरेकाले जनतालाई केन्द्रमा राखेर व्यवहार र आचरण परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।  यस्तै पूर्वसांसद यादवबहादुर रायमाझीले वर्तमान संविधानका केही अन्तरवस्तुलाई परिमार्जन गरेर भएपनि राजनैतिक स्थायित्व कायम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका नेता विधान श्रेष्ठले राजनीति असामान्य ढङ्गबाट अगाडि बढ्दा निरासा फैलिएको बताउनुभयो । 

 एकले अर्कालाई औला ठड्याएर अरुबाट मात्र सुधारको अपेक्षा गर्नु अर्थपूर्ण नहुने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताउनुभयो । उहाँले समाज सप्रिने नेता बिग्रने भन्ने नहुने भन्दै समाज जस्तो छ, नेता पनि उस्तै हुने भएकाले गणतन्त्रको संस्थागत विकासका लागि सबै नागरिकले आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका नेता विधान श्रेष्ठले राजनीतिमा जे गरेपनि हुन्छ भन्ने मान्यताले गलत सन्देश गएकाे बताउनुभयाे । नेकपा एमाले पाल्पाका निवर्तमान अध्यक्ष धनेन्द्रराज घिमिरेले राजनैतिक स्थायित्व दिन नसक्दा जनतामा वितृष्णा फैलिएको बताउनुभयो । उहाँले आफूलाई केन्द्रमा राखेर निर्णय गर्ने कामले गणतन्त्रप्रति नकारात्मक भावना फैलिएको बताउनुभयो । नेकपा माओवादी केन्द्रका जिल्ला सचिव मथुरा ढकालले पछिल्लो १७ वर्षको अबधिमा विकास निर्माणले धेरै फड्को मारेको भएपनि अपेक्षा अनुसार हुन नसकेको बताउनुभयो । ddda-1716909224.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति सुमन गैरेले नागरिकको चाहना अनुसार राजनीति अगाडि बढ्न नसकेको धारणा राख्नुभयो । राष्ट्रिय जनमाेर्चाका अध्यक्ष विशाल दर्लामीले सबैले कार्यशैलीमा परिवर्तन ल्याउनुपनेर्मा जाेड दिनुभयाे । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख टंक भट्टराई, बुद्धिजिवी बुद्धिप्रसाद शर्माले गणतन्त्र संस्थागत गर्न सरकारी तथा गैरसकारी निकायले निष्पक्ष रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रम  जिसस पाल्पाका प्रमुख खनालकाे अध्यक्षता, उपप्रमुख काशिका ज्ञवालीगैरेकाे स्वागत र नासु चन्द्र भुसालकाे संचालनमा भएकाे थियाे । कार्यक्रममा महेन्द्रबाेधी माध्यमिक  विद्यालयका विद्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे । 

 

Sadak-DIvision-1718530308.jpg

sadk-1718530313.jpg

 
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update