Erani Mahal
मिसनमा  सुत्केरीको निधन भएपछि आफन्त आन्दोलित !

पाल्पा –  तानसेनको युनाइेड मिसन अस्पतालमा सुत्केरीको मृत्यू भएपछि आफन्तद्वारा आन्दोलन गरेका छन् । जिल्लाको माथागढी गाउँपालिका वडा नं १  चिदीपानी  निवासी एक महिलाको १७ गते प्रसुति उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो । उहाँको प्रसुती उपचारको क्रममा आमा र बच्चा दुवैको शुक्रवार निधन भएको अस्पतालले जनाएको छ । 

 


विरामीको आफन्तका अनुसार अस्पतालले लापरवाही गरेकाले सुत्केरी महिला र बच्चा दुवैको ज्यान गएको बताएका छन् । विरामीका आफन्तहरुले भने १८ गते साँझ र आज विहानदेखि नै अस्पताल घेराउ गरेका छन् । उनीहरुले पीडितले न्याय पाउनुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने बताए । 

 

pasu-ad-1718529914.jpg

Pasu-ad-1-1718529915.jpg


अस्पतालमा भर्ना भएदेखि देखी बारम्बार अप्रेसन गरेर बच्चा निकाल्न आग्रह गरेको अवस्थामा डाक्टरले नमानेर घर खुल्दैछ, विरामीको अवस्था सामान्य नै छ  भनेर राखेको र पछि एक्कासी समस्या आयो भनेर भ्याकुम प्रयोग गर्दा सुत्केरीको मृत्यु भएको पीडितहरुले आरोप लगाएका छन् । 

 


अस्पताल र पीडित पक्षबीचमा पटक पटक वार्ता भएता पनि अस्पतालले पीडितको मागमा कुनै सुनुवाई नगरेकाले स्थानीय जनताहरु आक्रोसित भएर अस्पताल घेराउ गरेको स्थानीय तथा जनप्रतिनिधि राजकुमार पन्थीले बताउनुभयो । 

 


अस्पतालका प्रमुख रचेल कारखले भने अस्पतालले गर्नुपर्ने सबै प्रक्रिया पुर्याएको तर विरामीको अप्रत्यासित रुपमा निधन भएको बताउनुभयो । उहाँले यस्तो घटना विरलै हुने गरेकोमा आफूहरु समेत दुखित बनेको बताउनुभयो ।  

 
 
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update