Erani Mahal
रैनादेवी छहरामा बाँदरबाट मकै जाेगाउन गाउँलेकाे समूह बनाएर ड्युटी
monkey

पाल्पा - रैनादेवी छहरा गाउँपालिका र रिब्दीकाेट गाउँपालिकाभित्रका विभिन्न गाउँमा यतिबेला बदेल र बाँदरले मकै बाली सखाप पार्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

पाल्पाको पश्चिम भेग रिब्दीकोट गापा र रैनादेवी छहराका बिभिन्न गाउँमा बाँदरले मकै बाली सखाप पार्न थालेपछि किसानले हैरानी बेहाेर्न बाध्य छन् । मकैबालीमा पसेर बाँदरले मकै तहसनहस पारेपछि दिन बादर लखेट्दैमा जाने गरेको किसानकाे गुनासो छ ।

रैनादेवी छहराकाे दागीलमा गाउँबाट समुह नै बनाएर बिहानबाट साझ सम्म बदेल र बादर हेर्नु परेको स्थानीय किसान दामोदर उपाध्यले बताउनुभयो।

दुख गरेर वर्ष दिन खानको लागि लगाएको मकै बाली लगायत तरकारी समेत बादर र बदेलले सखाप पारेकाे छ उहाँले भन्नुभयाे । अन्न बाली लगाएर फेरी वर्षभरि कुरेर बस्नुपर्छ ।

बाँदर र बदेलका लागि कामकाज छाडेर बालीकाे रेखदेखमा लागेको दागिलका कुल बहादुर खत्रीले दुखेसो पोख्नुभयो । हुलकाहुल बाँदर खेत बारीमा आउन लागेपछि स्थानीय सरकार समक्ष बाँदरकाे समस्या समाधान गर्न गाउँलेहरू डेलिगेसन समेत अाएका छन् ।

बाँदर बदेलकाे रेखदेख गर्न स्थानीय सरकारले बजेट बिनियोजन गर्नुपर्ने स्थानीय बासिन्दा अर्जुन खत्रीले बताउनुभयो । अहिले गाउँपालिका भित्रका दह, बल्घा, दागील, सल्लेधारा, गोलङसा, अमलाबास, सोमादी लगायतका क्षेत्रमा बादर आतंकले बिकसानहरु हैनारी खेप्न बाध्य छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update