रिब्दीकोट गाउँ पालिकाले गाउँपालिका भित्र बर र पिपल संरक्षण गर्ने अभियान सुरु भएको छ।
गाउँ पालिकाले योजन नै बनाएर जलेश्वर मन्दिर परिसमा १०८ बर पिपलका बिरुवाहरु बृक्षा रोपण गरेको छ । पाल्पाको रिब्दीकोट गाउँ पालिकाले जिल्लाकै नमुना कार्यको थालनी गरेको छ ।
धेरै जसो स्थानीय तहले बाटो घाटो कूलो र भवन निर्माण गरेका छन भने रिब्दीकोट ले सामाजिक सद्भाव र धार्मिक क्रियाकलापलाई पनि बढावा दिदै गाउँ पालिकाले बजेट नै बिनियोजन गरेर गाउँ पालिकाको पर्यटकीय स्थल जलेश्वरमा बर पिपलको बिरुवा रोपण गरेको छ ।
धार्मिक मान्यता अनुसार बर पिपलको पुरानै इतिहास र मान्यता रहेता पनि पछिल्लो समय बर पिपलको उचित संरक्षण नहुदा लोप हुने अबस्थामा पुगेको कारण बर पिपलका को बिरुवा रोपण गरिएको गाउँ पालिका अध्यक्ष नारायण बहादुर जिशिले जानकारी दिनु भयो ।
साउनको महिना धार्मिक महिना समेत भएको कारण रिव्दीकोटको धार्मिक क्षेत्र जलेश्वर मन्दिर व्यवस्थापन समिति अन्र्तगतको प्रशिद्ध जलेश्वर शिद्ध मन्दिर क्षेत्रमा १ सय ८ पिपलका विरुवा सामूहिक रुपमा रोपेर त्यस क्षेत्रको धार्मिक महत्व बढाउँने काममा स्थानीय सरकारले सक्रियता देखाएकोमा त्यहाँका वासिन्दाहरु खुसी भएका छन् ।
तत्कालीन समयमा भारतबाट मुगलहरुको आक्रमण सहन नसकेर बुटवलको बाटो भएर रिब्दीकोट आएका सेनवंशीय राजाले यो क्षेत्रलाई आफ्नो राजधानी बनाएका थिए ।यही कारण पनि यो क्षेत्रमा वरपिपल बुटवल बाट ल्याएर भए पनि संरक्षण गर्न लागेको समाजसेवी मान बहादुर ढकालको भनाई छ ।
पिपलका बिरुवा रोपण गरेर जलेश्वर मन्दिर लाई धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने स्थानीय बासी समेत जुटेका छन स्थानीय बासी कमला लाम्टाङे बताउनु हुन्छ । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक रुपमा अत्यन्तै महत्वपूर्ण स्थल जलेश्वर क्षेत्र विकासको ६५ रोपनी जग्गामा विभिन्न किसिमका विरुवा लगाएर यसलाई वोटानिकल गार्डेनका रुपमा विकास गर्ने र संसारका वोटेनिकल अध्यताहरुको पहुच बढाउने कार्यका लागि यो अभियान सार्थक हुने देखिन्छ पिपलका विरुवा रोपण कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, प्रहरी र स्थानीय वासिन्दाको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६ ०९:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय