Erani Mahal
पाल्पाका स्थानीय तहले खानीले पुर्‍याएकाे असरबारे अध्ययन् गर्न सकेनन् !
1 (4)
पाल्पा – पाल्पाको चुनढंगा खानी मनपरी सञ्चालनमा आएको खुलेआम देख्न सकिन्छ । खानीस्थलमा जाने हो भने कयौँ कमीकमजोरी र मापदण्ड मिचेको देख्न सकिन्छ । खानी मनपरी सञ्चालनले भविष्यमा ठूलो प्राकृतिक, आर्थिक तथा सामाजिक विपद् निम्तने खतरा छ । यद्यपी पाल्पाका स्थानीय सरकार भने खानीले गरेका बदमासीप्रति हालसम्म पनि मौन रहँदै आएका छन् । खानी सञ्चालनबाट वातावरणीय, प्राकृतिक, आर्थिक सामाजिक कस्तो प्रभाव परेको छ, त्यसको विषयमा हालसम्म पाल्पाका कुनैपनि पालिकाले अध्ययन् गर्न सकेका छैनन् । पछिल्लो एक दशकमा चुनढंगा खानी सञ्चालनमा आएपछि चुन ओसारपोसार गर्न एक हजार पाँच सय बढी ट्रिपरका कारण सिद्धार्थ राजमार्ग ध्वस्त भएको छ । मापदण्डभन्दा बढी क्षमताका ट्रिपर सडकमा गुड्दा अहिले धेरै स्थानमा पहिरो गएको छ । सडक भाँसिएका छन् । एक दशकमा सिद्धार्थ राजमार्गमा हिड्नै नसकिने अवस्था बनेको छ । सडक छेउमा बसेका नागरिक धुँलो र धुवाले आजित छन् । तर यी प्रभावका बारेमा स्थानीय सरकारले कुनैपनि अध्ययन् अनुसन्धान गर्न भ्याएका छैनन् । [caption id="attachment_23744" align="alignnone" width="768"] खानी क्षेत्रमा जानका लागिजथाभावी खनिएकाे पहुँच मार्ग । जुन मार्ग भाँसिएर पहिराे खस्ने अवस्था छ । [/caption] तिनाउ गाउँपालिकामा संचालित डोलोमाइड चुनढंगा खानीबाट सिद्धार्थ राजमार्गमा पहिरो खस्ने क्रम सुरु भएको छ । खानीबाट बग्ने पानीका भल र गग्रेटो सिधैँ सिद्धार्थ राजमार्गमा खस्छ । पानी सानो पर्दा कुनै समस्या नहोला तर पानी ठूलो परेको अवस्थामा सिद्धार्थ राजमार्ग नै बगाउने गरी खानी उत्खनन् गरिएको छ । यस्तो कार्यप्रति तिनाउ गाउँपालिकाले हालसम्म पनि कुनै अध्ययन् र अनुसन्धान कार्य बढाएर सम्बन्धित निकायलाई सचेत गराउन नसकेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगर बताउनुहुन्छ । आफूहरू निर्वाचित भएपछि खानी सञ्चालनबाट आम नागरिक, वातावरणीय, प्राकृतिक, आर्थिक, सामाजिक के असर ग¥यो त्यसको अध्ययन् नगरेकाे घर्तीमगरले बताउनुभयो । यद्यपी खानीबाट पालिकाका नागरिकलाई जोखिम भने भएको आफूले पाएको उहाँले बताउनुभयो । खानीका प्रतिनिधि नारायण श्रेष्ठले भने सिद्धार्थ राजमार्गमा खस्ने भल काट्न विभिन्न कार्य गरेको दावी गर्नुहुन्छ । [caption id="attachment_23743" align="alignnone" width="768"] डाेलाेमाइड चुनढंगा खानीस्थल । जहाँबाट १ सय मीटर सिधा तल सिद्धार्थ राजमार्ग छ । यहाँकाे भल सिधैँ राजमार्गमा खसेकाे छ । [/caption] तिनाउ गाउँपालिकाकै श्रीडाँडामा सञ्चालित सिद्धार्थ मिनिरल्स प्रालिले बस्ती माथि जथाभावी चुनढुंगा उत्खनन् गरिरहेको छ । खानीबाट निस्केका गग्रेटा र कम गुणस्तरका गिट्टी, ढंगा बस्तीसम्म बगेका छन् । खानीमा उत्खनन् गर्दा पहाडको भौगोलिक अवस्था समेत बिग्रिएकाले खानीस्थलमा जम्मा भएको पानीसहित पहिरो झर्ने सम्भावना छ । यसले खानी तल रहेका बस्ती बगाउने सम्भावना बढेको स्थानीय बासिन्दाको भनाई छ । खानीको ढंगा माटोसहित पहिरो खोलाखोल्सीमा बगेपनि खानीले नियन्त्रण गर्न नसकेको स्थानीय बासिन्दा विष्णुकला सोमैले बताउनुभयो । पालिकाले समेत अहिलेसम्म आफूहरूलाई खानी सञ्चालन गर्दा के असर गरेको छ, भनेर बुझ्न नआएको उहाँले बताउनुभयो । [caption id="attachment_23745" align="alignnone" width="768"] सिद्धार्थ मिनिरल्स प्रालिले
कम गुणस्तरका ढंगा तथा गग्रेटा जथाभावी फालेकाे छ । यसले खानी तल रहेकाे बस्ती तथा प्राकृतिक स्राेतमा असर पुगेकाे देखिन्छ । [/caption] सर्वोत्तम सिमेन्ट प्रालिले मापदण्ड विपरीत मनपरी चुनढंगा उत्खनन् कार्य गरिरहेको छ । सर्वोत्तम सिमेन्ट प्रालिले खोला तथा खोल्सामा जथाभावी खानीबाट निस्केका ढुंगा र गग्रेटा फ्याकेको छ । खानीले जथाभावी फालेका ढंगा र गग्रेटाले पानीका मुहान तथा खोलामा असर गर्ने भएपनि यसको नियन्त्रणका लागि स्थानीय सरकारले समेत कुनै अध्ययन् गर्न सकेको छैन । [caption id="attachment_23742" align="alignnone" width="768"] सर्वाेत्तम सिमेन्ट खानी क्षेत्रकाे खाेलामा जथाभवी फ्याकिएकाे खानीबाट निस्केका ढंगा, गग्रेटा । [/caption] प्रालिले जथाभावी फ्याकेका बस्तुले तल्ला तटीय क्षेत्र बगरमा परिणत हुन सक्ने, पानीका मुहान सक्न सक्ने तथा ठूलो बाढी पहिरो जाने सम्भावना छ । यस्ता कमीकमजोरी भएनभएकोप्रति तिनाउ गाउँपालिकाले अहिलेसम्म कुनैपनि अध्ययन् गर्न नसकेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताउनुभयो । वातावरणीय शुल्क भनेर खानीबाट शुल्क लिने गरेपनि खानी सञ्चालनबाट के असर पुगेको छ भन्ने अहिलेसम्म कुनै अध्ययन् र प्रतिवेदन बनाएका छैनौँ उहाँले भन्नुभयो ।
प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update