Erani Mahal
पाल्पामा मोटरसाइकल दुर्घटना परी एक जनाको मृत्यु, एक गम्भीर घाइते
bike_accident
पाल्पा - पाल्पाको रामपुरमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ । अर्का एक घाइते भएका छन् । रामपुर नगरपालिका ४ बाङेपसलदेखि सदावर्त सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा रामपुर ४ भिमसेन टोलका ४२ वर्षीय प्रेम बहादुर नेपाली (सार्की)को मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक जीवन श्रेष्ठ घाइते छन् । दुर्घटना पश्चात् दुबैजनालाई उपचारका लागि रामपुर अस्पतालमा लगिएकोमा अस्पतालले सार्कीलाई मृत घोषणा गरेको हो । घाइते मोटरसाईकल चालक जिवनको टाउको, हात र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गम्भीर घाइते जिवनलाई थप उपचारका लागि लुम्बिनि मेडीकल कलेज प्रभासमा लगिएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । बाग्मती प्रदेशको ३०२-००८ प २९८५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडक कुनामा रहेको नालीमा पल्टिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update