Erani Mahal
स्थानीय तह निर्वाचन २०७४ : पाल्पा जिल्लामा कुन दलको हैसियत कति  (हेर्नुहोस् विवरण सहित)
7
पाल्पा– जिल्लामा स्थानीय तहको निर्वाचन २०७४ लाई हेर्दा एमाले पहिलो दल देखिएको छ भने नेपाली काँग्रेस दोस्रो दल बनेको छ । एमालेले १० मध्ये ६ वटा स्थानीय तहमा प्रमुख जितेको छ यस्तै काँग्रेसले ४ वटा स्थानीय तहको प्रमुखमा विजयी भएको छ । एमालेले तानसेन, निस्दी, पूर्वखोला, रम्भा, तिनाउ र रिब्दीकोटमा प्रमुख र उपप्रमुख दुवैमा जीत हाँसिल गरेको छ भने नेपाली काँग्रेसले रामपुर नगरपालिका, रैनादेवी छहरा, माथागढीमा प्रमुख उपप्रमुख सहित र बगनासकालीमा प्रमुखमा विजयी हासिल गरेको छ । स्थानीय तहमा तेस्रो बनेको नेकपा माओवादी केन्द्रले भने पाल्पाको कुनै पनि पालिकामा प्रमुख र उपप्रमुखमा विजयी हासिल गर्न सकेको थिएन । माओवादीको वडा तहमा भने आफ्ना उम्मेद्वारहरु विजयी भएका थिए । अहिले स्थानीय तहको निर्वाचन घोषणासँगै कुन पालिकामा कुन दलले आफ्नो बर्चश्व कायम गर्लान ? भन्ने आँकलन हुन थालेको छ, एकातिर पाँचदलीय गठबन्दन रहेको अवस्थामा एमालेले विजयी गरेको पालिकामा समेत अन्य दलले विजयी बन्ने दावी गरेका छन्, त्यस्तै एमालेले समेत आफ्नो जीत सुनिश्चित बनाउन भन्दै गाउँघर अभियान संचालन गरिरहेको छ । जिल्लामा प्रमुख प्रतिस्प्रर्धा एमाले र काँग्रेसकै देखिएता पनि नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र संघीय समाजवादी, राप्रपा, जनमोर्चा लगायतका दलको मत समेत कतिपय क्षेत्रमा जितहारको लागि निर्णायकनै देखिने भएको छ । एमाले विभाजन भएपछि एमालेको मत समेत बाँडिने भएकाले स्थानीय तहको निर्वाचनमा कसले बाजी मार्छ भन्ने आगामि चुनावी परिमाणले नै देखाउनेछ तर अहिले मतदाताहरु २०७४ सालको निर्वाचनमा विजयी भएका उम्मेद्वार तथा पार्टीसँग रुष्ट रहेका कारण कतिपय क्षेत्रको चुनावी परिणाम उल्टिन सक्ने विश्लेषकहरुको अनुमान छ । तानसेनमा तानसेनमा एमाले प्रमुख अशोक कुमार शाहीले १०४५०, उपप्रमुखमा लक्ष्मी देवी पाठक ९७५३, काँग्रेस प्रमुख अजय कर्माचार्य ८०६७, उपप्रमुख लालु राना ८३८९, माओवादी प्रमुख प्रतिक्षा सिंजाली ११३७, जनमोर्चाका टिकाराम पौडेल ५४, जनमुक्ति होम बहादुर थापा १४२, राप्रपा ५३, संघीय समाजवादीको कुम बहादुर घर्तीले १४ मत प्राप्त गरेका थिए । स्वतन्त्र उम्मेद्वार श्रीधर पाण्डेयले ८५ मत ल्याएका थिए । तानसेनमा एलायन्स भएको अवस्थामा एमालेलाई जित्न मुस्किल पर्ने देखिन्छ । रामपुर काँग्रेसका प्रमुख रमण बहादुर थापा ८८८५, उपप्रमुख विष्णु देवी आचार्य ८५२८, एमाले प्रमुख राजु प्रसाद श्रेष्ठले ७६७६, उपप्रमुखमा दुर्गा राना ७९२४, जनमोर्चाका प्रमुख रेश्मराज कँडेल ११४, उपप्रमुख सावित्री देवी गैरे १११, राप्रपा ४९मत प्राप्त गरेका थिए । स्वतन्त्र उम्मेद्वार माया सुनारी १० र विष्णु बहादुर घर्ति, क्षेत्रीले १२ मत ल्याएका थिए । यहाँ पनि राजनीतिक दलविच भागभण्डा भएमा चुनावी माहौल अर्को नै हुनेछ । राम्भा गाउँपालिका नेपाल काँग्रेसले अध्यक्ष अशोक कुमार फाल मगरले ४०९८, उपाध्यक्षमा विष्णु कुमारी सिंजाली ४१२२, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी) अध्यक्ष विष्णु प्रसाद भण्डारी ४७६७, उपाध्यक्ष राधा कुमारी श्रेष्ठ ४८०४, जनमोर्चाका उपाध्यक्ष रवि सुनारी ५४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अर्जुन कुमार श्रेष्ठ ३२३ मत प्राप्त गरेका थिए । स्वतन्त्र उम्मेद्वार दिल बहादुर पाडे ३८, पदम वहादुर लामिछाने ११, गंगा मश्राङ्गी १३, चमेली राना ४६ मत ल्याएका थिए । रम्भामा प्रमुख र उपप्रमुख सहित जितेको एमालेका लागि गठबन्धन भएमा समस्या हुने आँकलन गरिएको छ । तिनाउ गाँपालिका एमालेका ओम बहादुर घर्तीले २८१०, काँग्रेसका महेन्द्रप्रसाद पाण्डेयले २७०७, उपाध्यक्षमा एमालेकी दमयन्ती थापाले २८१६ मत प्राप्त गरेका छन्, यहाँ तेस्रो तहमा माओवादीका चक्रव्यूह थापाले २३८८ मत प्राप्त गरेका थिए, यहाँ पनि गठबन्धनका हिसावले चुनाव भएमा चुनावी नतिजा उल्टिने देखिएको छ । निस्दीमा ः एमालेका प्रमुख र उपप्रमुख विजयी भएका थिए भने काँग्रेस दोस्रो भएको थियो, यस्तै पूर्वखोलामा एमालेको प्यानलनै विजयी भएको थियो भने माथागढीमा काँग्रेसको प्यानलनै विजयी भएको छ । यहाँ बाम गठबन्धन भएमा नेपाली काँग्रेसलाई समस्या पर्ने देखिएको छ । यस्तै बगनासकालीमा प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेका उम्मेद्वार विजयी भएका थिए । यहाँ पनि चुनावी तालमेल भएमा नतिजा फरक पर्ने देखिएको छ । रैनादेवी छहरामा प्रमुख उपप्रमुख सहित काँग्रेस पहिलो दल बनेको थियो, भने रिब्दीकोटमा प्रमुख उपप्रमुख सहित एमाले पहिलो दल बनेको थियो । यस्तै गठबन्धन भएमा रैनादेवी छहरा, बगनासकाली, रिब्दीकोटमा समेत चुनावी प्रतिस्प्रर्धा रोचक हुने देखिएको छ । पाल्पामा सिंगल सिंगल चुनावी प्रतिस्प्रर्धा हुने भएमा भने २०७४ को चुनावी नतिजा अनुसार जाने हो भने एमाले र काँग्रेसको आधा आधी जस्तो जनमत भएको देख्न सकिन्छ । तर स्थानीय तहको निर्वाचनमा काम, योग्यता, क्षमता र व्यक्तिगत रुपमा समेत मत रहनेभएकाले पार्टीको उम्मेद्वार नै हुनुपर्ने भन्ने हुँदैन, स्थानीय स्तरमा व्यक्तिको मूल्यांकन गरेर समेत मतदाताले मतदान गर्नसक्नेछन्, त्यसैले अहिले नै यो दलले जित्ने हार्ने भन्ने निश्चित हुँदैन । हेर्नुहोस पाल्पाको स्थानीय तहको निर्वाचनमा कहाँ कसको हैसियत कति ?
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update