Erani Mahal
चुनावी प्रचारमा राष्ट्रिय झण्डाकाे 'दुरूपयाेग'
nn
पाल्पा – पाल्पामा चुनावी प्रभारप्रसारमा उम्मेद्वारी आचारसंहिता उल्लङ्घन गर्ने क्रम सुरु भएको छ । तानसेनमा स्वतन्त्र उम्मेद्वारी दिनुभएका विष्णुप्रसाद भण्डारीले नेपालको राष्ट्रिय झण्डको दुरुपयोग गर्दै चुनावी प्रचार गरेको गुनासो बढेको छ । उम्मेदवारले आफ्नो चुनावी चिन्ह वा दलको झण्डा समेत प्रयोग गर्न पाउने भएपनि भण्डारीले नेपाली झण्डाको दुरुपयोग गर्दै चुनाव प्रचारमा प्रयोग गरेको देखिएको छ । तानसेन ९ बाट वडा अध्यक्षको स्वतन्त्र उम्मेदवार बन्नुभएका भण्डारीले केही दिनदेखि नै भोट माग्दा नेपाली झण्डाको दुरुपयोग गरेको पाइएकाे हाे । मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि नेपालको झण्डा भोट माग्ने बेलामा प्रयोग गर्नु असान्दर्भिक भएको बताएको छ । मुुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले आफूले झण्डा दुरुपयोग भएको बारे बुझेर तत्काल हटाउन पठाइसकेकाे बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update