Erani Mahal
१९ वर्षका एक युवक र ५६ वर्षकी हजुरआमाले  इन्गेजमेन्ट गरे
312665031_503007218527736_764511334155593030_n
१९ वर्षका एक युवक र तीन नाति–नातिना भएकी ५६ वर्षकी हजुरआमाले विवाह गर्नका लागि इन्गेजमेन्ट गरेका छन् । थाइल्याण्डका १९ वर्षका वितिचाई चन्तराजले आफ्नी ५६ वर्षकी भावी श्रीमतीलाई लगभग १० वर्ष अघि भेटेका थिए । त्यतिबेला ती महिला थाइल्याण्डको साखोन नाखोन प्रान्तमा ती युवकको छिमेकी बन्न आएकी थिइन् । उनीहरुबीच पहिलो वास्तविक संवाद त्यतिबेला भयो जब जान्लाले १० वर्षका केटालाई माटाका भाँडोमा भएका केही बिरुवाहरु सार्न मद्दत गर्न आग्रह गरिन् । त्यो दिनदेखि वितिचाई सम्बन्धविच्छेद भइसकेकी ती महिलाको घरमा खेल्न जान्थे र उनलाई घरको काममा सहयोग गर्थे । यी दुईले आफ्नो सुरुवाती सम्बन्धलाई मित्रताको रुपमा वर्णन गर्छन् । तर जब वितिचाई १७ वर्षका पुगे तब जान्लाप्रति उनको आकर्षण बढ्यो । वितिचाईले आफ्नो भावना व्यक्त गरेपछि यी दुई जोडीको रुपमा बस्न थाले । यी दुईले यस वर्षको सुरुमा मात्रै आफ्नो परिवारलाई आफूहरुबीचको रोमान्सबारे जानकारी दिए । यी दुईको प्रेमकथा थाइल्याण्डमा हेडलाइन बनेको छ । ‘वितिचाई मेरा लागि सुपरहिरोजस्तै हुन् । उनले मलाई सधैँ सहयोग गर्छन् । जब उनी हुर्किँदै गए तब हामीबीच एक–अर्कामा भावना विकसित भयो,’ जान्लाले भाइरल प्रेसलाई भनिन् । ‘मैले उसलाई बच्चैबेलादेखि चिनेकी छु । जब हामी कसैलाई हामीहरु एक–अर्कासँग प्रेम सम्बन्धमा छौँ भन्छौँ, तब यो कुरा पत्याउन उनीहरुलाई गाह्रो हुन्छ । मेरा आफ्नै बच्चा पनि चकित परे । तर उसले मलाई म जवान छु भनेर महसुस गराएको छ र हामी सँगै बस्छौँ । हामी निकै खुसी छौँ । हामी विवाहसमेत गर्छौँ ।’ अडिटी सेन्ट्रलका अनुसार उनीहरुले आफ्नो सम्बन्ध सार्वजनिक गरेपछि यी दुई शहरका विभिन्न स्थानमा डेटमा जान्छन् । यतिबेला उनीहरु एक–अर्काको हात समातेर हिँड्छन् र बेला बेलामा एक–अर्कालाई चुम्बनसमेत गर्छन् । उनीहरुलाई राम्रोसँग थाहा छ कि जोडीबीचको ३७ वर्षको उमेरको भिन्नता धेरैलाई स्वीकार गर्न गाह्रो हुन्छ तर उनीहरुका अनुसार खुसी नै सबैभन्दा ठूलो हो । सन् २०२२ को सुरुमा यी दुईले परम्परागत शैलीमा इन्गेजमेन्ट गरेका हुन् । यतिबेला १९ वर्षीय युवकले ६,००० भाट (१५६ डलर) दाइजो दिने बाचा गरे ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update