Erani Mahal
गजल : निगरानी सुरु गरिएको छ !
garamja
- रामबहादुर गरंजा (एसकुमार) यस्तो यौटा नयाँ कहानी सुरु गरिएको छ निकाल्न शिशाबाट पानी, सुरु गरिएको छ । त्यसरी बाँचिन्छ, जसरी आफूले चाहिन्छ बेग्लै तरिकाले जिन्दगानी ुसुरु गरिएको छ ।। फेरेकै सास पनि चोरी हुन सक्छ यहाँ त त्यसैले कडा निगरानी सुरु गरिएको छ । हेरौँ भोलिबाट क–कसको अपराधी बनिन्छ आज आँखाको मनोमानी सुरु गरिएको छ ।। कुनै रङले पनि चेहराको आवरण बदलिएन घस्न त हिजोबाटै खरानी सुरु गरिएको छ । रैनादेवी छहरा, १ पाल्पा हाल ः वुटवल, रुपन्देही ।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update