Erani Mahal
पाल्पाको निस्दीमा एक वृद्धको शव फेला
dath
पाल्पा - निस्दी गाउँपालिका,पाल्पामा एक वृद्धको शव भेटिएको छ। निस्दी गाउँपालिका वडा नम्बर-४,मित्याल,भोर्माका ६४ वर्षीया मोहन सिं खाम्चाको लास रुखमा झु*न्डि*एको अवस्थामा भेटिएको प्रहरीले बताएको छ । मंगलबार बेलुकीसम्म पनि घर नआएपछि परिवारले छिमेकीलाई खबर गरेको र खोजी गर्दा खाम्चालाई चिलाउनीको रुखमा झुन्डि*एको अवस्थामा भेटेको स्थानीयले बताएका छन । खाम्चाको लास भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खाम्चाको शव बुधबार बिहान पोस्टमार्टमको लागि रामपुर अस्पतालमा लागेको छ । घटनाको थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले बताउनुभएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update