Erani Mahal
निस्दीकाे गाउँमा केन्द्रीय  विद्युत विस्तारको काम तीव्र
bidut nisdi
पाल्पा - निस्दी गाउँपालिकामा विद्युत विस्तारको काम तीव्र गतिमा भैरहेको छ । अहिलेसम्म निस्दीका करिब ६० प्रतिशतले मात्रै बिजुलीको उपभोग गर्न पाएका छन । निस्दीको ५ वटा वडामा बिजुली बाल्ने जिम्मा लालिगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्थाले लिएको छ । वडा नम्बर १ र २ अनि ७ नम्बरको केही टोलमा भने नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्र मार्फत काम हुँदै आएको छ । सहकारी संस्थाले समेटिएको क्षेत्रमा बत्ती बाल्ने काम अन्तिम चरणमा पुगेको अध्यक्ष दुर्गा बहादुर सोमैले बताए । गल्धा र अर्चलेको सबै टोलमा केही वर्ष अगाडि नै काम सम्पन्न भएका थिए । मित्यालको धिर्जे , दुनीदमार क्षेत्र र चिउरीबास टोलका बाहेक अन्य गाउँमा पनि नियमित बत्ती बालेको छ । अहिले झिरुबास र मित्यालको बाँकी टोलमा विद्युत विस्तारको काम तीव्र गतिमा भैरहेको अध्यक्ष सोमैको भनाइ छ । सहकारी मार्फत काम भैरहेको क्षेत्रमा बढीमा ३ महिना भित्र काम सकेर बत्ती बाल्ने लक्ष्य रहेको सोमैले बताउनुभयाे । निस्दीमा सामुदायिक विद्युतीकरणले नसमेटिएको क्षेत्रमा पनि नेपाल विद्युत प्राधिकरण मार्फत काम भैरहेको छ । अहिले सहलकोट र ज्यामिरेमा काम अगाडि बढिरहेको नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रका प्रमुख विवेक अधिकारीले बताए । सहलकोटको काम अन्तिम चरणमा पुगेको र लगत्तै बाकामलाङ क्षेत्रमा काम गरिने अधिकारीको भनाइ छ । ज्यामिरेको मदनपुरलाई भने हाल दुबै क्षेत्रमा नसमेटिएकोले अर्को वर्ष प्राधिकरण मार्फत नै काम हुने अधिकारीले बताउनुभयाे । ज्यामिरेको मदनपुर गाउँमा करिब ३० घरपरिवार बसोबास गर्दै आएका छन । यहाँको स्थानीय बासिन्दा अहिलेसम्म टुकीकै भरमा बस्नुपरेको वडा अध्यक्ष मुक्त बहादुर पाटाले बताउनुभयाे । यहाँको प्रत्येक घरपरिवारलाई यसवर्ष वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र मार्फत शसर्त अनुदानमा सोलार वितरण गर्न कार्यपालिकाले निर्णय गरेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बता्उनुभयाे । निस्दीमा विद्युत विस्तारको काम छिटोछरितो ढंगले सम्पन्न गर्न गाउँपालिका लागिपरेको अध्यक्ष सारुको भनाइ छ । बढीमा एकवर्ष भित्र निस्दीका प्रत्येक घरधुरीले बत्ती बाल्न पाउनेगरी काम भैरहेको सारुले बताउनुभयाे । सामुदायिक विद्युतीकरणमा आवद्ध यहाँका उपभोक्ताले बत्ती बाल्न भनेर प्रति घरधुरी ५ हजारदेखि ७ हजारसम्म पैसा बुझाएका छन । तर निस्दीका प्रत्येक घरपरिवारले बत्ती बाल्न पाएका छैनन । ठेकेदारको ढिलासुस्ती र कोभिड १९ को महामारीले गर्दा समयमै काम हुन नसकेको समितिको भनाइ छ ।पछिल्लोपटक धेरै ठाउँमा बत्ती बाल्न सफल भएता पनि यहाँको हरेक कुना कन्दरामा बत्ती पुगेको छैन । जसले गर्दा विभिन्न क्षेत्रमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि निस्दी अन्य पालिकाको तुलनामा पछाडि परेको देखिन्छ ।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update