Erani Mahal
ईश्वरीय सन्देश (सन्दर्भ महा शिवरात्री पर्व)
sh
ब्रह्मकुमार भानुप्रकाश पौडेल विश्वमा बढ्दै गैरहेको दु.ख अशान्तिको कालो बादल हामी सबैले दिन प्रतिदिन देखिरहेका छौं । हरेक दिन हुने हत्या हिंसा र भ्रष्टाचार जस्ता कुकृतिबाट हामी सबैको मन भयभित र त्राहिमय बनेको छ । राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमै अस्थिर राजनैतिक अवस्थाले विकाश निर्माणका कार्यहरु जुन रुपमा हुनुपर्ने हो हुन सकेका छैनन् । यति मात्र होइन मानव –मानव बिचमा मनमुटाव असहयोग ईष्र्या र अस्वस्थ प्रतिस्प्रर्धाले गर्दा घर परीवारमा कलह तथा झैझगडा हुनुको साथै राष्ट्रिय स्तरमै विभिन्न क्षेत्र–क्षेत्र बिच अनेकता भै आपसी खिचातानी गर्दै बैरभाव उत्पन्न भएको स्थिति हामी सबैले महसुस गरेका छौं । त्यस्तै हाम्रो प्रकृति रुपी धर्तीमाता पनि रोइरहेकी छिन् । अर्कातिर प्राकृतिक प्रकोप अर्थात अतिवृष्टि अनावृष्टि, खडेरी बाढी पहिरो, भुकम्प र मुसलधार जलवर्षाले हरेक दिन कही न कही मानव तथा अन्य जीव जन्तुको नाश भैरहेको छ । यतिमात्र होईन यस सुन्दर पृथ्वीलाई तहस नहस र ध्वस्त पार्ने परमाणु बमहरु पनि तयार भएका छन् । युद्धको त्राहिमय अवस्थाबाट हामी कांपी रहेका छौं । प्रथम विश्व युद्ध,दोस्रो विश्व युद्धमा हातहतियार र बमबाट लाखौं मानव प्राणीको नास भयो भने अब हुने तृतिय विश्व युद्ध निकट भविष्मै नहोला भन्न सकिदैन । युद्धमा आणविक क्षेप्यास्त्रको असरले गर्दा प्रकृतिको प्रलयकारी रुप समेत थपिन गै अरबौं मानव प्राणीको एउटै शमसान घाट हुने अवस्था निश्चत छ । यस विषम अवस्थाबाट मुक्ति पाउन राजनैतिक, धार्मिक,र बैज्ञानिक क्षेत्रका व्यक्तित्वहरु दिन रात चिन्तन मनन गर्दै आफ्नो संघर्समा निरन्तर लागिपरीरहेका छन् । तर हरेक क्षेत्रका व्यक्तिहरुको पवित्र सोंचको अभावले गर्दा समस्या समाधान हुनु भन्दा समस्या अझै बल्झीदै गै रहेको छ । अन्तमा यसले विकराल रुप नलिइ महार्सग्रामलाई ननिम्त्याउला भन्न सकिदैन । यस्तो स्थितिमानै हामीसबैको अन्तर ध्वनीलाई सुनेर वसुधैभ कुटुम्बकम्को भावना जागृत गराई आपसी प्रेम, शान्ति र अंिहशाको सरल माध्यमबाट शिक्षा दिइ आदर्श परिवार समाज र राष्ट्र तथा विश्वमै राम राज्य स्थापित गर्ने पवित्र संकल्प लिइ एक अद्धितिय शैक्षणीक संस्था जसलाई ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र भनिन्छ । यसले विगत ८७ वर्ष देखि समाजमा , सर्व धर्ममान्य नैतिक मुल्य तथा सत्चरीत्रका स्रोत ज्योतिबिन्दु परमात्मा शिवको ईश्वरीय ज्ञान तथा मानसीक आनन्दका लागी राजयोग (मेडिटेशन) को अभ्यास गर्र्न दैनिक रुपमा सिकाइ रहेको छ । स्मरण रहोस् प्रत्येक वर्ष जस्तै महा शिव रात्रीपर्वको पावन अवसरमा यसको आध्यात्मिक अर्थ तथा कल्याण कारी भोलेनाथ शिव बाबाको दिव्य अवतरणको महत्व बारे प्रवचन मार्फत जानकारी प्राप्त गर्न आफुलाई सहज हुने राजयोग प्रशिक्षण केन्द्रमा र्हािर्दक ईश्वरीय निमन्त्रणा गर्दछौं । धन्यवाद । ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय तानसेन पाल्पा
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update