Erani Mahal
ज्योतिर्मय शिव परमात्मा र शिव रात्री पर्व
lq_4-Sarvatma-pita-Hindi-1-768x1024
ब्रह्म कुमार भानु प्रकाश पौडेल –ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय, तानसेन, पाल्पा वर्तमान संकटपुर्ण समयमा मानवको कल्याणका लागी विश्व रक्षक , सद्गति दाता हामी सबैका परम् पिता शिव परमात्मा आध्यात्मिक एवं उच्च मानवीयमुल्यद्धारा सत्ययुगी सृष्टिको पुन.स्थापनार्थ गर्न परमधामबाट धर्तीमा अवतरण हुनु भएको यादगारको दिन महाशिव रात्री पर्व अत्यन्त रहस्य पुर्ण र आध्यात्मिक तथा दार्शनिक पर्वको रुपमा हामी सबैले बु्झ्न र सोहीअनुरुप नैतिकवान हुन सक्ने लक्ष्य बनाउनु यहि नै सवै भन्दा ठूलो संकल्प हो सन्दर्भ अनुसार मनुस्मृतिमा, शिव लाई तेजोमय शक्ति, श्रीमद् भागवत्मा शिवलाई प्रकाश मय विराट स्वरुप, वैदिक सनातन ग्रन्थमा शिवलाई ओमकार तथा ब्रह्मशक्ति स्वरुप दिव्य ज्योति समान हुनुहुन्छ , जसको ध्यान गर्दा हामी अनेकौं संकट बाट म्ुक्ति प्राप्त गर्न सफल हुन्छौं , भनि वर्णन गरीयको छ । यति मात्र होईन ज्योति बिन्दु परत्मामा, शिवलाई ३३ कोटी देवी देवता, सवैैधर्मका संस्थापक धर्मात्मा र दार्शनिक तथा महान आत्माहरुले हरुले शक्तिको लागी स्तुति तथा ध्यान गरेका छन् । जस्तै सनातन देव, देवी तथा महादेव का स्वरुप शंकराचार्य तथा हिन्दुमार्गी भक्त जनहरुले शिवलाई गुण र कर्तव्यको आधारमा ,बिभिन्न नामले पुकार गरेका छन् । जस्त ै,पसुपतिनाथ, मुक्तिनाथ,अमरनाथ, सोमनाथ, त्रद्रीनाथ,बैद्यनाथ, केदारनाथ, रामेश्वर,गोपेश्वर, भिमेश्वर,गुप्तेश्वर, परमेश्वर,भृंगेश्वर,जलेश्वर र ओम कारेश्वर आदि नामले बिभिन्न तिर्थ स्थान समेत स्थापना भयका छन् । यस्तैगरी माहात्मा बुद्ध तथा महावीरले शिवलाई दयाको ज्योति,स्वंयभू, र जेहोवा भन्दैै ध्यान गरेका छन् इसाई धर्मका स्थापक,जिसस क्राईस्टले, परमात्मा शिव बाबा लाइर्् प्रभू वा गड फादर इज ्लाईट भन्दै मेडिटेशन गर्न सवैलाई ईशारा दियका छन् । त्यस्तै मुस्लीम धर्मका संस्थापक मोह्मदले परमात्मालाई नुर,ईलाही र शिख धर्मका गुरु नानक र सीरडी बाबाले एक औंमकार, तथा सबका मालिक भन्दै प्रकाशस्वरुप शिवको ध्यान गरेका छन् । अन्तमा ओमशाीन्त तथा ब्रह्माकुमारी संस्थाका संस्थापक भागीरथ प्रजापिता ब्रह्मा बाबाले पनि वर्तमान समयमा ज्योति बिन्दु परत्मात्मा शिवलाइ याद गर्र्दै उनै त्र्रह्माण्डका मालिक, मुक्ति तथा जीवनमुक्तिका दाता ज्योतिर्मय शिव परमात्मालाई स्मरण गर्न ईशारा दिई रहनु भएको महाशिवरात्रीको समय अनुसारको सन्देश यो छ , वर्तमान समय पहिलेको सत्ययूगको तुलनामा अहिले घोर कलियुग चलिरहेको छ। किनकी समाजमा अत्यन्त हिंसा हत्या र चारित्रिक गिरावटको परीवेष बढिंरहेको छ, त्यसैले यसलाई अन्धकारको युगको रुपमा पनि कतिपयले लिने गर्दछन् । यांहा नैतिक तथा अध्यात्मिरुपले अन्धकार वा रात्रीसमानको समय तथा परीबेष चलिरहेको छ । यस्तो कलियूगी समाजका हामी मानवलाई सत्य युगी आदर्श मानव बनाउन दिव्यरुपमा ब्रह्माको मानवीय सरीरको सहयोग लिई ईश्वरीय ज्ञानरुपी प्रकाश विश्वमा फैलाई रहनु भयको छ,। यहि पवित्र कार्य परमात्माले वर्तमान संगम युगमा गरेको हुनाले मध्ययुग अर्थात द्धापरकाल देखि शिवरात्री पर्वको महत्व बढ्दै आयको हो । यथार्थमा हाम्रो अचेतन मनमा भएका ,काम, क्रोध,लोभ,मोह,अहंकार,ईर्षा र आलस्य जस्ता कुसंस्कारलाई पवित्रता, शान्ति,आनन्द,शक्ति शुख र , आत्मिक ज्ञानरुपी सुसस्कारले परीवर्तन गर्ने हुदा शिवरात्रीको महत्वलाई मनन गदै हामीसबैले निरत्तर रुपमा परमात्मा शिवको दिव्य ज्ञान र उहांको स्मरण रुपी राजयोगको अभ्यास गरी शिवमय अर्थात कल्याणकारी देव,देवी समान जीवन बनाऔ. । अन्तमा शिव रात्री पर्वको पावन अवसरमा हार्दिक निमन्त्रणा सहित शुभकामना ।
प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update