Erani Mahal
पाल्पाकाे सराइमा राष्ट्रपति रनिङ् शिल्ड प्रतियाेगिता सुरू (फाेटाे फिचर)
IMG_4482
पाल्पा – पाल्पामा जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माथागढीको सराईमा सुरु भएको छ । दुई नगरपालिका र ८ गाउँपालिका स्तरीय प्रतियोगितबाट छनौट भएका खेलाडीबीच जिल्लाा स्तरीय प्रतियोगिता भएको हो । प्रतियोगितामा छात्राछात्रबीच एथलेक्टिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्डोलगायतका खेल हुनेछ । जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुने खेलाडी र समूह प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् । आइतबारबाट सुरु भएको खेलकुद प्रतियोगितामा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले उद्घाटन गर्नुभयो । कार्यक्रममा विभिन्न पालिकाबाट सहभागी विद्यार्थी, स्थानीय संघसंस्था, विद्यालयले झाँकी तथा -याली गरेका थिए । पाल्पामा पहिलाे पटक तानसेनभन्दा बाहिर राष्ट्रपति रनिङ् शिल्ड प्रतियाेगिता भएकाे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेले जानकारी दिनुभयाे । खेलकाे उद्घाटन तस्विरमा हेर्नुहाेस्
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update