Erani Mahal
निस्दीमा निशुल्क आँखा तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
gg (2)
पाल्पा - निस्दी गाउँपालिका पाल्पामा बृहत निशुल्का आँखा तथा प्रजनन स्वास्थ्य शिविर सकिएको छ । फागुन २३ देखि सञ्चालन भएको शिविरमा १ हजार ५ सय १८ जनाले सेवा पाएका छन । फागुन २३ गतेदेखि सञ्चालन भएको शिविर ८ दिनसम्म चालेको हो । शिविरमा आँखाको परिक्षण तथा मोतिविन्दुको शल्यक्रिया, महिलाहरुको प्रजनन स्वास्थ्य र स्थायी बन्ध्याकरण सेवा उपलब्ध गराएको छ । शिविरमा १ हजार ३ सय ३४ जनाले आँखा जाँच गराएका छन । आँखा परिक्षण पछि २ सय ३२ जनालाई चस्मा वितरण गरेको छ । आँखामा जतिल समस्या देखिएका ४३ जनालाई रेफर गर्नुका साथै ५६ जनाको भने निस्दीमै मोतिविन्दु शल्यक्रिया गरेका छन । वडा नम्बर १ बाकामलाङबाट शुरु भएको शिविरमा ४ सय ५२ जना महिलाहरुले पाठेघरको मुखको क्यान्सर परिक्षण गराएका छन । जसमध्ये ३२ जनामा भिआईए पोजिटिभ र २७ जनालाई आङ खस्ने समस्या देखिएको छ । २५ जना महिलाले रिङ प्रेसरी राखेका छन । त्यस्तै १ जनामा फिस्तुला समस्या देखेको छ । शिविरमा १ सय ६१ जना महिलाको यौन रोगको संक्रमण उपचार गरेको हो । यसैबीच ९३ जनाले ईम्प्लान्ट सेवा राखेका थिए भने २८ जनाले झिकेका छन । २१ जनाले आईयुसिडी राखेको र ४ जनाले झिकेका छन । शिविरबाट १४ जनाले भ्यासेक्टोमी सेवा लिएको निस्दी गाउँपालिका स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभएको छ । शिविर निस्दी गाउँपालिकाको आयोजना तथा कालीगण्डकी आँखा उपचार केन्द्र रामपुर, पाल्पा लायन्स लाकौल आँखा अस्पताल र नेपाल परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा भएको हो ।
प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update