Erani Mahal
गायक तथा सर्जक हुम गैरेको बिन्ती सानु सार्वजनिक
gai
पाल्पा - बिशाल मुभिज प्रा.लि.अनामनगर मार्फत वियोगान्त दोहोरी गीत बिन्ती सानु सार्वजनिक भएको छ । बिशाल फिल्मस युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको मार्मिक वियोगान्त गीतमा चर्चित गायक अनि सर्जक हुम गैरे र चर्चित गायिका जमुना रानाको स्वर रहेको छ । गायक गैरेकै लय, शब्द तथा निर्देशन रहेको गीतमा चर्चित मोडल धिरज खत्री, नवराज अधिकारी र झरना विसीको जिबन्त अभिनय रहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित गीत बिन्ती सानुलाई लोकेश वलीले खिचेका हुन भने सुस्मिता राईले मेकअप गरेकी हुन । नेपाली गीत संगीतको बजारमा सार्वजनिक भएको वियोगान्त दोहोरी गीत बिन्ती सानुलाई सफलताको शुभकामना ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update