Erani Mahal
अनुभूति : उहिलेका कुरा
jag
जगन्नाथ पन्त जुनेलोले पेट र जिब्रोले मुख अघाउदैन। जिब्रोले पुरा नगरेको खसखस लेख्नु पनि जिब्रो चलाउनु नै हो। नमागी राय दिनुको अर्थ रहदैन । अझ कसैलाई सिकाउदा दुष्मनी हुन पनि सक्छ। उ बेला प्रतिनिधिसभाको चुनाव भएर नयाँ सरकार बनेको ६ महिना जति भएको थियो। मोफसलको अलि टाढाको जिल्लाबाट जिससको खर्चपर्चमा सर्बदलीय प्रतिनिधिको डेलिगेशन सिंहदरबरमा आएको रहेछ। निवेदन मागपत्रमा मन्त्रीको तोक सचिव, सहसचिव, उपसचिव हुँदै शा अ को मा लिएर डेलिगेशनका टिमले यो छिटो लेखिदिनुस् भने । माननीय मन्त्रीज्यूबाट भएको तोकआदेशसहितको सक्कलै निवेदन मागपत्र आवश्यक कार्यार्थ यसै साथ संलग्न गरि पठाइएको व्यहोरा अनुरोध छ। यत्ति लेख्ने चलन थियो । उहाँहरुकै जिल्लाको कुनै एक कार्यालयलाई पत्र लेख्नु थियो। यति दुख गरेर आउनु भएछ, यो तोकले केहि हुने होइन, बरु बजेट/कार्यक्रम पो पार्न लगाउनु पर्थ्यो । मन्त्रीको कुरा काट्ने भनेर झम्टेलान झै गरे । यस्ता पत्र धेरै मन्त्रालयबाट बनाएका रहेछन् । काम त कुनै पनि भएन । तीन महिनापछि सिंहदरवारकै एउटा क्यान्टिनमा भेट हुँदा चिनेछन् । शा अ ले नचिनेझै गरे । उतिबेला ड्रेसकोड अनिवार्य थिएन । यसो करारमा जागिर पाइन्छ कि भनेर आएको हो, तपाईहरुले कुनै मन्त्री चिनेको भए जागिर भनिदिनु न भनेको चिया सटासट पारेर टाप कसेछन् । त्यो बेला त शा अ विरुद्व सचिलाई कम्प्लेन गरेका थिए । सहसचिवको कक्षमा स स र उ स ले हल्का लेसन दिनु भएको थियो । सर हजुर यो तोक लगाएर झुक्काउने काम सुशासन विपरित हो भनेर अस्ति मात्रै भन्नु भएको होइन र ? भनेको चुप लाग्नुस् त्यो त सुशासन कायम गर्ने टुल्स लोक सेवाको जाँचमा लेख्न पो सिकाएको, बुझेउ.. । अनि कुरा बुझे । एकजना पंडित (गुरु) सप्ताह कहनुहुन्थ्यो । जजमानले भोली गुरुमालाई नि ल्याउनु सदम्पत्ति संमान गर्छु भनेछन् । त्यस दिनको कथामा माछा मासु खानु पाप हो भन्ने रहेछ । गुरुमाले नि सुनिछन् । भरे बिहान माछा ल्याएको, खै पकाएको भनेर गुरुले भन्दा खान हुन्न भन्नु भएको होइन र ? किताबको माछा खान हुन्न पो भनेको खोलाको माछा भनेको हो र ? गुरुमा ट्वाँ परिछन् । शा अ जस्तै । उहिलेका कुरा खुइलिए होला कि बाकि होला । (लेखक नेपाल सरकारका पुर्व सहसचिव तथा पाल्पाका निवर्तमान प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ )
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update