Erani Mahal
विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड २०८० को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
367529904_707889378049833_7884334232722761176_n
पाल्पा - कल्पना स्मृति फाउण्डेशनको सहयोगार्थ विशाल मुभिज प्रा.लि.काठमाडौंको आयोजनामा “ विशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड -२०८० ” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरेकाे छ । सिलौटो कटेज अनामनगर, काठमाडौंको सभा हलमा भएकाे कार्यक्रममा मनोनयनमा परेका विभिन्न विधाका उत्कृष्टलाई प्रमाण पत्र बितरण गरेकाे हाे । कार्यक्रममा तीज गीतसँग सम्बन्धित २२ विधाका करिब १ सय १० जना कलाकारहरुलाई उत्कृष्ट पाँच मनोनयन प्रमाण पत्र वितरण गरेकाे अध्यक्ष एवं गायक तथा सर्जक हुम गैरेले जानकारी दिनुभएको छ । पुर्व सासंद तथा महिला नेत्री सुजिता शाक्यको प्रमुख आतिथ्यता भएको कार्यक्रममा संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सुर्य बहादुर मगर, बरिष्ठ लोक गायिका लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, अधिबक्ता शिव अर्याल, पप गायक निर्णय श्रेष्ठ, लोक गायक शिरिष देबकोटा, काठे गायक दिनेश भण्डारी, नायिका सबिना कार्की लगायतको उपस्थिति रहेको थियो । अवार्ड कार्यक्रम संयोजक गायिका कमला वि. शीको स्वागत मन्तब्य तथा राशि रिजालको सञ्चालनमा कार्यक्रम भएको हो । विशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८० को फाईनल कार्यक्रम आगामी भाद्र २७ गते बुधबार काठमाडौंमा एक भब्य समारोह बीच हुने विशाल मुभिजका उपाध्यक्ष धिरज खत्रीले जानकारी दिनुभएको छ । फाईनल कार्यक्रममा करिब एक दर्जन भन्दा बढी तीज गीतसँग सम्बन्धित महिला स्रष्टा, सर्जक अनि गायिकाहरुलाई सम्मान गरिने आयोजकले जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update