Erani Mahal
निस्दीमा प्रधानाध्यापकको भत्ता थप : पुग्यो एकहजार पाँच सय  !
para school
पाल्पा - निस्दी गाउँपालिकाले विद्यालयका प्रधानाध्यापकको भत्ता वृद्धि गरेको छ । माध्यमिक तहका प्रधानाध्यापकहरुले मासिक १ हजार ५ सय भत्ता पाउने छन । आधारभूत तहका प्रधानाध्यापकले दुई थरी भत्ता पाउने छन । साविकको निमावि तहकाले १ हजार १ सय र प्राथमिक तहका प्रधानाध्यापकहरुले ७ सयका दरले भत्ता पाउने भएका छन । सरकारले प्राथमिक तहको प्रधानाध्यापकलाई मासिक दुई सय, निम्नमाध्यमिक तहकोलाई तीन सय र माध्यमिक तहको प्रधानाध्यापकलाई पाँच सयका दरले भत्ता उपलब्ध गराउदै आएको छ । निस्दी गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ देखि थप भत्ताको व्यवस्था गरेको अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभएको छ । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थी संख्या क्रमश: घटदै गएको छ । विद्यालय सुधारका लागि सबैभन्दा ठुलो भुमिका प्रधानाध्यापकको हुने भएकोले विद्यालय प्रशासन सञ्चालनमा थप जिम्मेवारी बोध गराउनको लागि पालिकाले केहि रकमको व्यवस्था गरेको अध्यक्ष सारुको भनाई छ । विकासको पहिलो पूर्वाधार शिक्षा भएकोले यसवर्ष पालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको अध्यक्ष सारुले बताउनुभएको छ । त्यसो त निस्दीले चालू आर्थिक वर्षदेखि कक्षा आठसम्मका विद्यार्थीलाई दैनिक २० रुपैयाँको दरले दिवा खाजाको समेत व्यवस्था गरेको छ । यसैबीच विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक सुधारका लागि प्रधानाध्यापकहरुले प्रमुख प्रशासकीय अधिकृतसँग ५४ बुँदे र प्रधानाध्यापकले शिक्षकसँग कार्य सम्पादन करार सम्झौता गरेको छ । यस्तो खालको सम्झौताले समग्र विद्यालयलाई हिट हुने प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनुभएको छ । निस्दीमा हाल ५२ वटा सामुदायिक विद्यालय रहेका छन ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update