Erani Mahal
राम्दीमा एकादशी मेला, स्नान गर्ने भक्तजनकाे घुँइचाे
ramdi dham
पाल्पा – पाल्पा र स्याङ्जा जिल्लाको संगम राम्दीधाममा एकादशी मेला लागेको छ । हरिबोधनी एकादशीको दिन विभिन्न स्थानबाट आएका भक्तजनले यहाँ आएर स्नान गर्नुका साथै पूजाआजामा सहभागी भएका थिए । राम्दीधाममा हजारौँ भक्तजनले स्नान गरेपछि नजिकै रहेको राम मन्दिरमा गएर पूजा गरेका थिए भने सुनगुफामा समेत उनीहरू पुगेका थिए । यस्तै रिडी तथा अन्य घाटमा समेत भक्तजनले एकादशीको अवसरमा स्नान गरेर मन्दिरमा पूजा गरेका थिए । हरेक वर्ष एकादशीको दिन यहाँ श्रद्धालु भक्तजन तीर्थका लागि आउने गर्दछन् । एकादशीको अवसर पारेर राम्दीमा मेलासमेत सञ्चालन भएको छ । लोकदोहोरी प्रतिष्ठान पाल्पाको आयोजनामा राम्दीमा कलाकार सम्मान, प्रतिभा प्रस्तुती, शंका फुक्ने कार्यक्रम तथा गीत प्रस्तुती भएको प्रतिष्ठानका जिल्ला अध्यक्ष कमल भट्टराईले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update