Erani Mahal
पाल्पामा चिच्याएर बर माग्ने मेला सुरु
Satyawati-Mela
पाल्पा – पाल्पाको तिनाउस्थित सत्यवतीमा चिच्याएर बर माग्ने मेला बिहीबारदेखि भएको छ । विगतका वर्षहरुमा जस्तै यो वर्ष पाँच दिन चिच्याएर बर माग्ने मेला सुरु भएको हो । सत्यवतीमा मेला ७ गतेदेखि ११ गतेसम्म लाग्नेछ । परापूर्व कालमा सत्यवती बज्यैले यहाँ आएर तपस्या गरेको र शक्ति प्राप्त गरेको जनविस्वास छ । यहाँ आउने भक्तजनले बाँस, निगालो, साललगायतको लिँगो, प्रसाद सहित आउने गर्दछन् । भक्तजनले आफूले ल्याएको लिँगो रातिको समयमा तालमा गाँड्ने र भोलिपल्ट सोही लिँगोमा पूँजा गरेर फर्कने प्रचलन रहेको छ । सत्यवती बज्यै बहिरी भएकाले यहाँ आउने भक्तजनले चिच्याएर बर मागे पूरा हुने विस्वास रहेको सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । सत्यवती तालको छेउ वरपर घुमेर दर्शनार्थीले मैले छोरा, पाम, डाक्टर, इन्जिनियर हुन पाम, पल्टनमा भर्ती हुन पाम, धनसम्पत्ति कमाउन पाम, मेरा छोराले यो पाओस् भन्दै वर माग्ने गरेको अध्यक्ष गाहाले बताउनुभयो । मेलामा सहभागी हुनेहरूको सुरक्षालगायत बसाइको व्यवस्थापन गरिएको वडाअध्यक्ष तुलबहादुर आलेले बताउनुभयो । सत्यवती बज्यैको भक्तजनको सुरक्षाको लागि स्थानीय बासिन्दा र प्रहरीसँगको खटिने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update