Erani Mahal
पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु
tractor-accident
तानसेन – पाल्पाको पूर्वखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्याक्टर दुर्घटनामा परेर पूर्वखोला गाउँपालिका–५, कर्नेडाँडा बस्ने ४० वर्षीय चन्द्रबहादुर काम्मुको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार साढे ३ बजेतिर पूर्वखोला–५, को कर्नेडाँडा पोखरीछाँपदेखि भित्री सडकतर्फ जाँदै गरेको लु ४ त ६५५३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । सो दुर्घटनामा परेर काम्मु गम्भीर घाइते हुनुभएको थियो । घाइते काम्मुलाई उपचारका लागि तानसेनस्थित पाल्पा अस्पतालमा ल्याइएपनि चिकित्सकले मृत घोषणा जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update