Erani Mahal
राम्दीबाट गण्डकीमा हाम फालेका युवककाे उद्दार
Kaligandaki_River,_Ramdi,_Syangja
तानसेन – पाल्पाको राम्दीस्थित गण्डकीमा हाम फालेका एक युवाको उद्दार गरिएको छ । शनिबार साँझ ६ बजेतिर राम्दी नदीमा हाम फालेका माथागढी–३, का २३ वर्षीय पदम विकलाई राम्दी प्रहरी चौकीले उद्दार गरेको हो । विकले नदीमा हाम फालेको र राम्दी प्रहरीले देख्नासाथ उद्दार गरेको बताइएको छ । युवकले आत्महत्या गर्ने उद्देश्यले नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकरी दिनुभयो । ती युवकलाई आफन्तको जिम्मामा लगाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update