Erani Mahal
पाल्पाकाे सराइमा दाेस्राे माडी महाेत्सव सुरू, आज दाेस्राे दिन
nnnnnnnn
पाल्पा - पाल्पाकाे माथागढीस्थित सराइमा दाेस्राे माडी सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महाेत्सव शनिबारदेखि सुरू भएकाे छ । महाेत्सवकाे पहिलाे दिन -यालीमा स्थानीय बासिन्दाकाे भव्य सहभागिता रहेकाे थियाे । महाेत्सवकाे उद्घाटन माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले गर्नुभयाे । साे अवसरमा उहाँले माडी क्षेत्रकाे आर्थिक विकास तथा अन्य विकासमा सम्भावनाकाे खाेजी गर्न महाेत्सवले सहयाेग गर्ने उहाँकाे विस्वास व्यक्त गर्नुभयाे । उहाँले माथागढी तथा माडी क्षेत्र शहरउन्मुख हुँदै गएकाले उद्याेग व्यवसायकाे प्रबर्धनमा महाेत्सवले भूमिका खेल्ने बताउनुभयाे । उद्घाटन समाराेहमा तानसेन ९ का वडाअध्यक्ष राजेशकुमार अर्यालले कृषि उत्पादनलाई प्राथमिकता दिएर माडी क्षेत्रलाई अघि बढाउन सकिने बताउनुभयाे । उहाँले अहिले युवा तथा अन्य मानिस गाउँबाट फाँटमा फाँटबाट बजार र बजारबाट विदेश जाने क्रम बढेकाले त्यसलाइ राेक्न महाेत्सवले भूमिका खेल्नुपर्नेमा जाेड दिनुभयाे । यस्तै माथागढी वडा नं ३ का अध्यक्ष तेजबहादुर घर्तीमगरले माडीक्षेत्रमा उत्पादित बस्तु तथा उत्पादनकाे प्रचारमा महाेसत्वले सकारात्मक भूमिका खेल्ने बताउनुभयाे । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपसभापति माधव अर्याललगायतले महाेत्सव सफलताकाे शुभकामना दिनुभयाे । महाेत्सव उद्घाटन कार्यक्रम सराइ युवा क्लबका अध्यक्ष एवं महाेत्सव मूल आयाेजक समितिका संयाेजक खाेमबहादुर गाहाकाे अध्यक्षता र सचिव नारायणसिंह रानाकाे संचालनमा सम्पन्न भएकाे थियाे । मेला मङ्सिर २१ गतेसम्म संचालन हुनेछ । महाेत्सवमा राष्ट्रिय, स्थानीय कलाकारहरूकाे दैनिक प्रस्तुती रहनेछ । महाेत्सवमा स्थानीय कृषि, पशुजन्य, घरेलु उद्याेगबाट उत्पादित बस्तु तथा सामग्रीकाे निशुल्क स्टल राखिएकाे क्लबका उपाध्यक्ष गणेश रानाले बताउनुभयाे । महाेत्सवकाे दाेस्राे दिन मंसिर १० गते साैगात सागर, शान्तारानी परियार, विनाेद विष्ट, हास्य कलाकार सुमित घिमिरे, उद्घाेषक माधव खत्री र रूपेश कार्कीकाे प्रस्तुती रहने सांस्कृतिक संयाेजक राजन बलालले बताउनुभयाे ।
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update