Erani Mahal
माथागढीका अंग्रेजी शिक्षकलाई सिकाइ रिफ्रेसर तालिम
404381705_663366192447845_318562721325417787_n
पाल्पा – माथागढी गाउँपालिकाको आयोजनामा पालिका भित्रका शिक्षकहरुलाई प्रोफेशनल अंग्रेजी विषयको रिफ्रेसर तालिम सुरु भएको छ । पालिकाले यस अघि ४५ वटा विद्यालयका अंग्रेजी विषयको अध्यापन गराउने शिक्षकलाइ तालिम दिइएको र त्यसको पुर्नताजगीको लागि तालिम संचालन गरिएको हो । ] तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले पालिकाले वृटिस काउन्सिलसँगको प्राविधिक सहयोगमा पालिका भित्रको शैक्षिक गुणस्तर अभिवृद्धिको लागि सक्षम कार्यक्रम मार्फत गुणस्तरीय शिक्षाको कार्यक्रम गरेको बताउनुभयो । उहाँले तालिममा सिकेका कुराहरु कक्षाकोठामा उपयोग गर्न सकेमा शैक्षिक गुणस्तर वृद्धिसँगै सिकाई नतिजा सुधार हुने कुरा व्यक्त गर्नुभयो । तालिममा शिक्षा सहायक अमृत अधिकारीले तालिम तालिममा मात्रै सीमित नगरेर कक्षाकोठा सँगै दैनिक सिकाई क्रियाकलापमा लैजान सहभागिलाई सुझाव दिनुभयो । उहाँले यस्ता तालिमले सिकाईमा निखारता ल्याउनुको साथै विषयवस्तुको जटिलता समाधानमा सहयोग पुग्ने बताउनुभयो । तालिममा प्रशिक्षकहरु ढकबहादुर पुन, इश्वर कँडेल, पर्सुराम तिवारी, ज्ञानेन्द्र यादवले सिकाई सहजीकरण गर्नुभएको छ । माथागढी गाउँपालिका अन्तर्गतको सक्षम कार्यक्रमका फोकल पर्सन लोकेन्द्र थापाको संचालन, शिक्षा सहायक अमृत अधिकारीको स्वागतमा भएको कार्यक्रम पालिका अध्यक्ष यमबहादुर चिदीको अध्यक्षतामा भएको थियो । तालिम २ दिनसम्म चल्नेछ ।
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update