Erani Mahal
पाल्पाकाे पालुङ्मैनादीमा सुन्तला महाेत्सव हुने
Suntala-yamlal-pokhrel
पाल्पा – सुन्तलाको बजार प्रबद्र्धन गर्न जिल्लामा पहिलो पटक सुन्तला महोत्सव हुने भएको छ । जिल्लाको पश्चिम भेगस्थित रिव्दीकोटमा पहिलो पटक सुन्तला महोत्सव हुन लागेको हो । आगामी मङ्सिर १६ गते रिव्दीकोटको पालुङ्मैनादीमा पहिलो पटक सुन्तला महोत्सव हुने रिव्दीकोट–७, का वडाअध्यक्ष दानबहादुर कुँवरले जानकारी दिनुभयो । सुन्तला अत्यधिक उत्पादन हुने क्षेत्रमा महोत्सव गर्न लागिएको उहाँले जानकारी दिनुभयो । सुन्तलाको बजार प्रबद्र्धन गर्न र सुन्तला उत्पादन गर्ने किसानलाई हौसला प्रदान गर्न महोत्सव हुन लागेको पालिकाले जनाएको छ । पाल्पाको रिव्दीकोट र रैनादेवी छहरा गाउँपालिका अत्यधिक सुन्तला उत्पादन हुने क्षेत्र हुन् । यहाँका अधिकांश किसानले सुन्तला उत्पादनबाट वार्षिक एक लाख देखि २० लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको मैनादी कृषि सहकारीका अध्यक्ष वेनबहादुर पुनले बताउनुभयो । सुन्तला पाकेर हरेक किसानको सुन्तला बगैँचा यतिबेला पहेँलपुर बनेको उहाँले बताउनुभयो । यो वर्ष किसानले बोटबाटै ६५ देखि ७० रुपियाँ प्रतिकिलो सुन्तला बिक्री गरिरहेका छन् । बजारसम्म पु¥याए प्रतिकिलो एक सय रुपियाँ माथि पर्ने गरेको छ । पाल्पामा उत्पादन भएको सुन्तला भैरहवा, पोखरा, बुटवल, पाल्पा, काठमाडौँ र जनकपुरसमेत निर्यात हुने गरेको छ । ४४ वर्षअघि यस क्षेत्रमा सुन्तला खेती सुरु भएको थियो । त्यसपछि बिस्तारै यस भेगका हरेक घरका किसानले सुन्तलाको व्यावसायिक खेती सुरु गरेको रिव्दीकोट गाउँपालिकाा अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । पछिल्लो समय अन्य खेती छाडेर पनि सुन्तला खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update