Erani Mahal
रामपुरको लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न
parichhan
पाल्पा - रामपुर नगरपालिकाले लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण गरेको छ । नगरपालिकाले सञ्चालन गरेका योजना , सेवा प्रवाह लगाएत विभिन्न ५ वटा सुचकमा रही सोमबार परिक्षण गरिएको हो । जस अन्तर्गत संस्थागत व्यवस्थापन , मानव संशाधन तथा क्षमता विकास , सेवा प्रवाह , सुशासन तथा उत्तरदायित्व,नीति कानुन तथा योजना गरी ५ वटा सुचक , २२ वटा उपसुचकको १ सय प्रश्नमा आधारित रही लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण गरेको हो । परिक्षण पश्चात बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षणले नागरिकमुखी सेवा प्रवाह , समावेशी र सुशासन कायमका लागि बढावा मिल्ने बताउनुभयो । उहाँले परिक्षणले नगरपालिकाबाट भए गरेका काम र सेवा के के गरियो भन्ने विषयको लेखाजोखा मात्र नभई नागरिकमैत्री सहज सेवा र पारदर्शी बनाउने बताउनुभयो । साथै उहाँले गत बर्ष भन्दा यस बर्ष लैंगिक समानता तथा सामाजिक समावेशीकरणको अवस्था सुधारोन्मूख रहेको भन्दै अझ सुधारका लागि काम गर्न सबै विषयगत शाखाहरुलाई निर्देशन दिनु भएको छ । यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षणले आफुले गरेको कामको मूल्याङ्कन हुने र काम गर्ने प्रेरणा मिलेको बताउनुभयो । उहाँले सेवा प्रवाह लगाएत विभिन्न विषयमा भएका सबल पक्ष र दुर्वल पक्ष थाहा पाउने र सुधार गर्ने अवसर प्राप्त हुने उल्लेख गर्नुभयो । स्थानीय शासन तथा लैगिंक शासन विज्ञ सोभिता परियारले समग्रमा नगरपालिकाको अवस्था सन्तोषजनक रहेको बताउनुभयो । साथै सुचकको आधारमा नगरपालिकाले सन्तोषजनक अंक प्राप्त गरेको र अवस्था सुधारोन्मूख रहेको बताउनु भएको छ । रामपुर नगरपालिकाका जनप्रतिनिधि , कर्मचारी र सरोकारवालाहरुको सहभागितामा परिक्षण गरिएको हो । साथै सोही अवसरमा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार र सबै हिंसाको आचार संहिता सम्बन्धि छलफल समेत भएको थियो।
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update