Erani Mahal
रूकुम पश्चिममा पाल्पाली टाेलीले बनायाे अस्थायी टहरा

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा खटेको पाल्पाली टोलीले त्रिचालिस वटा अस्थायी घरटहरा निर्माण गरेको छ । भूकम्पबाट प्रभावित जिल्ला रुकुम पश्चिममा पुगेर पाल्पाको टोलीले ४३ वटा अस्थायी घरटहरा र दुई वटा विद्यालय बनाएको टोलीका संयोजक एवं प्रतिनिधि सभाका सदस्य नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो ।

टोलीले आठबिस्कोट–१३ घेत्मामा ४३ वटा घरटहरा बनाएको हो । यस्तै भूकम्पबाट क्षतिग्रस्त दुई वटा विद्यालयका अस्थायी संरचना बनाएको आचार्यले जानकारी दिनुभयो । नेकपा एमालेले सञ्चालन गरेको भूकम्पले ढलेका संरचना उठाउने अभियान अन्तर्गत आफूहरूले त्यहाँका प्रभावित नागरिकका लागि आवश्यक अस्थायी संरचना बनाएको उहाँले बताउनुभयो ।

 

पाल्पाबाट टोली रुकुम पश्चिममा गत मङ्सिर ५ गते गएको थियो । १४ दिनसम्म लगातार खटेर भूकम्प प्रभावितका लागि अत्यावश्यक संरचना निर्माण गरेर फर्किएको एमाले पाल्पाका उपाध्यक्ष देवीलाल लामिछानेले बताउनुभयो ।

अस्थायी संरचना निर्माणमा त्यहाँका जनताबाट आत्मीय सहयोग सद्भाव प्राप्त गरेको उहाँले बताउनुभयो । पाल्पाबाट गएको टोलीले १६ वटा भग्नावशेष समेत हटाएको लामिछानेले बताउनुभयो । भूकम्प प्रभावितलाई समान राहत र पुनस्र्थापनाका कार्यक्रम तत्काल गर्नुपर्ने आवश्यकता रहेको टोलीले जनाएको छ ।

 
 
 
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update