Erani Mahal
साउदी हिडेका पाल्पाका विक्रम सम्पर्क विहिन, खाेजी गरिदिन परिवारको आग्रह

पाल्पा  - पूर्वखोला गाउँपालकिा-१ माझकोटका २३ वर्षीय विक्रमसाउदी अरब जान भनी पाल्पाबाट काठमाडौं पुगेका युवा विक्रम पंगेनी सम्पर्क विहीन भएका छन् । उनी यही पुस तीन गते मंगलबार घरबाट काठमाडौं पुगेपछि सम्पर्कविहीन भएकाे परिवारले जनाएका छन् । 

 

Bikram-Pangeni-1703913898.jpg
 

 

 

 

११ दिनसम्म छोरा सम्पर्कमा नआएपछि खोजी कार्यमासहयोग गरिदिन विक्रमका बुबा जगन्नाथ पंगेनीले सम्बन्धित निकायसँग अपिल गरेका छन् । करिब १८ महिनाअघि रोजगारीको सिलसिलामा साउदी अरब गएका विक्रम ४५ दिनको बिदामा घरमा आएका थिए । फ्लाई दुवईमार्फत २२ डिसेम्बर २०२३ -पुस ६ गते) ००ः४५ मा काठमाडौंबाट उडेर दुवई हुँदै ९ः०० बजे रियाद पुग्ने जहाजको टिकट काटेको विक्रमका दाजु सागर पंगेनीले बताउनुभयाे  ।

 

 

 

शुक्रबार साँझ त्रिभुवन विमानस्थलभित्र प्रवेश गरी आफूले सामान चेकजाँच गराएको भनी फोन गरेका विक्रम त्यसपछि भने सम्पर्कमा नआएको उहाँले बताउनुभएकाे छ । 

 

 

आफन्तमार्फत फ्लाई दुवईको काठमाडौंस्थित काउन्टरमा बुझ्दा २२ डिसेम्बर ००ः४५ मा विक्रम दुवई गएको नदेखिएको जनाएपछि परिवारजन झनै चिन्तामा रहेको विक्रमका ठूलोबुबा ठाकुर पंगेनीले बताए । फ्लाई दुवईको जहाज छुटिसकेपछि विक्रम विमानस्थलबाट शुक्रबार राति नै बाहिर निस्केको आशंका गरिएको छ ।

 

 

‘विमानस्थलको सिसिटिभी फुटेज हेर्दा राति साढे ११ बजेतिर विक्रम बाहिर निस्केर प्रतीक्षालयसम्म पुगेको र त्यहाँ एक जना मानिससँग कुरा गरेकोजस्तो देखिएको तर त्यसपछि उनी कहाँ गए भन्ने पत्ता लागेको छैन,’ विक्रमका ठूलो बुबा ठाकुर पंगेनीले बताउनुभयाे  ।

 

 

 

विक्रम पंगेनी रोजगारीको लागि साउदी अरब जान भनी यही पुस ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएको तर फ्लाईट मिस भएपछि राति ११ : २० मा विमानस्थलबाट बाहिरिएको र ऐले सम्म सम्पर्कविहिन रहेकोले खाेजीविनमा सहयाेग गरिदिन स्थानीय युवा नेता जीवन आचार्यले सामाजिक संजालबाट समेत अपिल गर्नुभएकाे छ । 

 
 
 
प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update