Erani Mahal
तानसेनकाे मूल ढोका बनाउन टेण्डर आह्ववान

तानसेन – १७० वर्ष पुरानो ऐतिहासिक मूल ढोका बनाउन टेण्डर आह्वान गरिएको छ । पाल्पा दरबार परिसरको मूल ढोलकाको संरक्षणको कार्य गर्न पुरातत्व विभागले निर्माण व्यवसायी छनौट गरेर काम अगाडि बढाएको छ ।

विभागले मूल ढोकाको मर्मतसुधार गर्न ८१ लाख ९५ हजार १२९ रुपियाँमा ठेक्का दिएको छ । मूल ढोका नेपालकै सबैभन्दा पुरानो ठूलो ढोका मानिन्छ । राणाकालमा बनेको ऐतिहासिक मूल ढोका अहिले जीर्ण बनेको तानसेनका स्थानीय बासिन्दा एवं इतिहास्विद् निर्मल श्रेष्ठले बताउनुभयो ।

तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाका भाइ बद्रीनरसिंह कुँवरले तानसेनमा रहँदा विसं १९११ देखि १९३० मा मूल ढोका निर्माण गर्न लगाएका थिए । पाल्पा दरबार परिसरको बाहिरपट्टि मूल ढोका त्यतिबेलाको सुरक्षा नितीअनुसार बनाइएको श्रेष्ठले बताउनुभयो । 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update