Erani Mahal
पाल्पामा हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम प्रदान

पाल्पा - पाल्पामा हल गोरु पालेर परम्पगत कृषि पेशा गरिरहेका ३१ जना किसानलाई प्रोत्साहन गर्न रकम वितरण गरिएको हो । पछिल्लो समय हलगोरु पाल्न छाडेपछि कृषियोग्य भूभाग बाँझो हुँदै गएकाले जग्गा बाँझो हुनबाट रोक्न रकम प्रदान गरिएको हो । 

जिल्लाको रिव्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाले यहाँका हलगोरु पालिरहेका २९ र यही वर्ष हलगोरु किनेका दुई गरी ३१ जना किसानलाई रकम प्रदान गरेको हो । यसअघि हलगोरु पालेका २९ जना किसानलाई प्रति हलगोरु दुई हजार पाँच सय रुपियाँ र नयाँ हलगोरु किन्ने दुई जना किसानलाई पाँच हजार रुपियाँ प्रोत्साहन रकम प्रदान गरिएको वडाअध्यक्ष चिरन्जीवि पोखरेलले बताउनुभयो । 
आधुनिक र परम्परागत कृषि कार्यबाटै जमिन बाँझो हुनबाट जोगिने पालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । किसानलाई दिइएको सानो सहयोगले किसानमा हौसला मिल्ने उहाँले बताउनुभयो ।
 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update