Erani Mahal
विपद्का घटना नियन्त्रणमा सहयोग पुग्ने सामग्री हस्तान्तरण

पाल्पा – गोर्खा वेल्फेयर ट्रष्टले विपद् नियन्त्रणमा सहयोग पुग्ने सामग्री हस्तान्तरण गरेको छ । ट्रस्टले जिल्लाको पूर्वखोला गाउँपालिकालाई सात लाख रुपियाँ बराबरको आगो नियन्त्रण तथा खोज र उद्दार कार्यमा प्रयोग हुने सामग्रीहरू हस्तान्तरण गरेको हो । 

ट्रष्टले सेफ्टी उपकरण, फायर फाइटिङ् सुट, हेल्मेट, बुट, टर्च, मास्क, सेफ्टी ग्लास, सिँढी, फायर स्ट्रिङ्रिसर्ट पालिकालाई प्रदान गरेको छ । यस्तै फायर बल, माईक, रेनकोट, हेडलाईटसहित उद्दारमा आवश्यक पर्ने ६२ प्रकारका सामग्रीहरू प्रदान गरिएको ट्रष्टका इन्जिनियरिङ् विभाग पोखराका विभागीय प्रमुख दानबहादुर जिरेलले जानकारी दिनुभयो ।

बेलायती सहयोग नियोगको सहयोगमा विपद् नियन्त्रणमा सहयोग पु¥याउने सामग्री हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । ट्रस्टले पूर्वखोला गाउँपालिकासहित नेपालका पाँच वटा स्थानीय तहमा सामग्री हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ । 

पूर्वखोला गाउँपालिकका अध्यक्ष नुनबहादुर थापाले विपद्मा स्थानीय बासिन्दा, दातृ निकाय तथा अन्य सङ्घसंस्थासँग सहकार्य गर्ने पालिकाको योजना अनुरुप ट्रस्टसँग सहकार्य गरिएको बताउनुभयो । विपद् नियन्त्रण गर्ने सामग्रीले पूर्वखोलासहित छिमेकी पालिकामा हुने घटना न्युनीकरण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update