Erani Mahal
बगनासकाली गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न

पाल्पा - बगनासकाली गाउँपालिकाको १५ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ ।  बगनासकाली गाउँपालिकाको सभाहलमा चालु आर्थिक वर्ष ०८०/८१ को हालसम्मको प्रगति विवरण तथा विभिन्न निर्णय गर्दै गाउँपालिकाको १५ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको हो ।


गाउँ सभामा आ.व. २०८०/८१ को योजना तथा बजेट रकमान्तर, संशोधन सम्बन्धी विवरण तथा चालु आर्थिक वर्ष ०८०/८१ को अहिलेसम्मको प्रगति विवरण राजस्व परामर्श तथा न्यायिक समितिको प्रतिवेदन गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरेको प्रतिवेदन तथा विधेयकमा सुझाव राख्न गाउँसभाका सदस्यहरुलाई ३ मिनेटको समय उपलब्ध गराएर सबैको सर्वसम्मत रूपमा संसोधनहरु पारित गर्दै अधिवेशन सम्पन्न भएको हो ।


सभाले गाउँकार्यपालिकाले गरेका सम्पूर्ण निर्णयहरु, आर्थिक वर्ष २०८०/०८१ को हालसम्मको सम्पूर्ण खर्च, आर्थिक वर्ष २०८०/०८१ मा गाउँकार्यपालिका बैठकले पारित गरको वन विधेयक २०८०, आर्थिक विनियोजन ऐन २०८०, खानेपानी तथा स्वच्छता विधेयक २०८० सर्वस्मवती रूपमा सभाले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले बताउनुभयो ।

विधेयक समितिका संयोजक उमकला अर्याल, बेरुजु सम्बन्धी विवरण लेखा समितिका संयोजक कृष्णप्रसाद बस्याल, आर्थिक विकास समितिका संयोजक खुमादेवि भट्टराई, सामाजिक विकास समितिका संयोजक गीता रेग्मी, वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक बोमलाल सुनार र सुशासन तथा क्षमता विकास समितिका संयोजक बसन्ती थापालगायतले गाउँ सभाका अध्यक्ष सरस्वती चिदी समक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ७ करोड ९६ लाख ७७ हजार बेरुजु रहेको र केही रकम सम्परिक्षणमा पठाइएको र वेरुजु रकम घटेर जाने समेत जानकारी गराइएको थियो । 
सभामा सभाका सदस्य कृष्णप्रसाद भुसालले वेरुजु बढेको किन हो? पालिकाले यस्को जिम्मेवारी बहन् गर्नुपर्ने बताउनु भएको थियो । उहाँले परिणाम आउने गरि काममा लाग्न आग्रह समेथ गर्नु भउको थियो । सभाका सदस्य यमलाल तिमिल्सिना संघीय लोकतान्त्रकि गणतन्त्रको विरोध किन भैरहेको छ ? यसलाइ जोगाइराख्न पालिकाको भूमिका अहम हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । उसभाका सदस्य युवराज श्रेष्ठ निकासी करलाई समेत ध्यान दिन सभामा अनुरोध गर्नुभएको थियो ।
सोही अवसरमा सामाजिक रूपमा क्रियाशिल रहनुभएका पोखराथोक निवासी पदम रानालाइ सम्मान पत्र, दोसल्ला र मायाको चिनोले सम्मान गरिएको थियो । 


गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, ९ वटै वडाका वडाध्यक्षहरु, जनप्रतिनिधिहरु, गाउँपालिकामा कार्यरत कर्मचारीहरु, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो । सभाका अध्यक्षले अधिवेशन अन्त्य भएको पत्र सुनाउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update