Erani Mahal
जनतामा बढेको निरासा लोकतन्त्रका लागि खतरा : सांसद गैरे

पाल्पा - प्रतिनिधि सभाका सदस्य ठाकुर गैरेले जनतामा बढेको निरासा लोकतन्त्रका लागि खतरा रहेको बताउनुभएको छ । भ्रष्टाचार, बेतिथि र तस्करीका कारण जनतामा निरासा बढेकाले जनतामा बढेको निरासालाई हटाउतर्फ सबै लाग्नुपर्ने विचार राख्नुभयो । 

 


संसदमा प्रवेश गरेको एक वर्षको बितेको सन्दर्भमा शनिबार तानसेनमा आयोजित पत्रकार भेटघाटमा उहाँले निरासालाई उत्साहमा पैदा गर्ने गरी संसदमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘बिहान उठ्ने बित्तिकै जनताले भ्रष्टाचार, बेतिथि र तस्करीका समाचार सुन्नुपर्ने अवस्थाले जनतामा व्यापक निरासा बढेको छ, त्यो लोकतन्त्रका लागि खतरापूणर् छ । जनतामा छाएको निरासालाई घटाउन सबै पक्ष भ्रष्टाचारका बिरुद्धमा एकजुट भएर लाग्नुपर्ने गैरेले बताउनुभयो । 

 

 


संसदमा प्रवेश गरेको एक वर्षको अबधिमा आफूले संसदमा उठाएका धेरै मुद्दामध्ये सरकारले थोरै मुद्दा मात्र सम्बोधन गर्न सकेको उहाँले दावी गर्नुभयो ।  एक वर्षमा ९० पटक संसदको बैठक बसेकोमा आफूले ७९ वटा बैठकमा सक्रिय रूपमा सहभागी भएको गैरेको भनाई छ । 

 


संसदमा आफूले राष्ट्रियताका मुद्दा, जनजीविकाका मुद्दा, पाल्पाली जनताका दुःखसुखका मुद्दा उठाएको उहाँले जानकारी दिनुभयो । संसदले एक वर्षको अबधिमा धेरै काम गर्न सक्ने भएपनि धेरै काम गर्न नसकेको र त्यसमा सरकारले ऐन तथा कानुनहरू टेबल गर्न नसकेको गैरेले उल्लेख गर्नुभयो । 

 


नेता गैरेले आगामी दिनमा पनि आफूले संसद्मा असल जनप्रतिनिधिका रूपमा भूमिका खेल्ने र जनताका चाहना र आवश्यकतालाई मध्यनजर गर्दै कानुन निर्माणमा सहभागी बन्ने प्रतिबद्धता जनाउनुभयो ।

 
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update