Erani Mahal
तानसेन बाघखाेरकाे काेल्ड स्टाेर निर्माणमा ढिलाइ : १० वर्षपछि दाेस्राे तला ढलान !

तानसेन – तानसेन-७, बाघखाेरकाे काेल्ड स्टाेर तीन वर्षमा सकिनुपर्ने याेजना १० वर्षसम्म अलपत्र प-याे । काेल्ड स्टाेर नबन्ने निश्चित भएपछि यसअघिका जनप्रतिनिधिले कारबाहीकाे सिफारिस ग-याे । समयमै सकेकाे भए काेल्ड स्टाेर अहिले मर्मत गर्नुपर्थ्याे । तर १० वर्षसम्म काम भएन । पछि मुख्य ठेकेदारले काम गर्छु भन्याे र नगरपालिकाकाे कारबाही फुकुवा भयाे । त्यसपछि शीत भण्डार (कोल्ड स्टोर)को दोस्रो तला ढलान भएको छ ।

 

 

निर्माण सम्पन्न भएर मर्मत गर्ने बेलामा कोल्ड स्टोरको दोस्रो तला ढलान भएको हो । तानसेन नगरपालिका र भारत सरकारको सहयोगमा निर्माण सुरु भएको कोल्ड स्टोर अलपत्र भएको एक दशकपछि ठेकेदारले दोस्रो तला ढलान गरेको नगरपालिकाले जनाएको छ ।

निर्माण व्यवसायीको चरम लापरबाहीले कोल्ड स्टोर निर्माण अलपत्र परेको थियो । ठेकेदारलाई पटक–पटक ताकेता र कारबाहीको चेतावनीपछि काम गरेको नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले बताउनुभयो ।

तानसेन नगरभित्र उत्पादन हुने कृषिजन्य बस्तु भण्डारण गर्न ११ वर्षअघि २०६९ साल फागुन २३ गतेदेखि ठेक्का सम्झौतापछि निर्माण सुरु भएको थियो । यद्यपी शीत भण्डार निर्माण नसकिँदै निर्माणको काम एक दशक अलपत्र बनेको थियो । भारत सरकारबाट शीत भण्डार निर्माणको काम पूरा गर्न बजेट दिने आश्वासन र ठेकेदारलाई कारबाहीको चेतावनीपछि बल्लतल्ल दोस्रो तल ढलान भएको आचार्यले बताउनुभयो ।

सम्झौता भएको सुरुदेखि नै कछुवा गतिमा निर्माण भएको शीत भण्डारको रकम भुक्तानी नभएपछि निर्माण व्यवसायीले निर्माण रोकेर काम अलपत्र पारेका थिए । दुई वर्षभित्र सम्पन्न गर्ने गरी चार करोड ९९ लाख ९१ हजार रुपियाँमा ठेक्का सम्झौता भएको थियो । त्यसमा तानसेन नगरपालिकाको ५५ लाख ४७ हजार ४६९ रुपियाँ लगानी गरेको र बाँकी रकम भारतीय दुताबासले बेहोर्ने सहमति भएको थियो ।

नगरपालिकाले हालसम्म व्यवसायीलाई दुई करोड १६ लाख रुपियाँ भुक्तानी दिइसकेको छ । रकम दिएपनि ठेकेदारको लापरबाहीले शीत भण्डारको काम समयमै अगाडि बढ्न नसकेको नगरपालिकाको भनाई छ । चार रोपनी क्षेत्रफलमा बन्दै गरेको शीत भण्डार सम्पन्न भएको भए २०० मेट्रिकटन तरकारी तथा फलफुलजन्य बस्तु भण्डारण गर्न सकिने नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update