Erani Mahal
रामपुरमा राष्ट्रिय महिला भलिबल प्रतियाेगिता सुरू

तानसेन - पाल्पाकाे रामपुरमा प्रथम लुम्विनी कप राष्ट्रिय महिला भलिबल प्रतियाेगिता सुरू भएकाे छ । रामपुरस्थित रामतुल्सी माविकाे खेल मैदानमा सुरू भएकाे खेलकाे उद्घाटन लुम्विनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले गर्नुभयाे । साे अवसरमा मन्त्री गुप्ताले खेल क्षेत्रले देशकाे नाम उज्यालाे बनाउन सकेकाे उल्लेख गर्नुभयाे ।

उहाँले खेल क्षेत्रकाे विकासका लागि राजनीति र खेललाइ अलग राख्नुपर्नेमा जाेड दिनुभयाे । उहाँले विश्वका शक्तशाली देशका नेताहरूले पनि नेपाललाई खेलाडीकाे नामबाट चिनाउने गरेकाे उदाहरण प्रस्तुत गर्नुहुँदै देशलाई चिनाउने गरी खेल खेल्न खेलाडीलाई आग्रह गर्नुभयाे । उहाँले रामपुर क्षेत्रमा खेल क्षेत्रकाे पूर्वाधार निर्माणमा सहयाेग गर्ने प्रतिबद्धता जनाउनुभयाे । 

ddd-1709342880.jpg

ddd-1709342880.jpg

dd-1709342880.jpeg

यस्तै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले खेल क्षेत्रमा पनि महिलाहरू अब्बल छन् भनेर देखाउनुपर्ने बेला आएकाे बताउनुभयाे । उहाँले पुरूषलेजस्तै महिलाले पनि देश, समाज र परिवारमा नाम राख्न सक्ने उल्लेख गर्नुभयाे । 

कार्यक्रममा लुम्विनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले पछिल्लाे समय लुम्विनीमा धेरै खेलका गतिबिधि भएका उल्लेख गर्नुभयाे । उहाँले खेल गतिबिधिले राम्रा खेलाडी उत्पादनमा सहयाेग पुगेकाे बताउनुभयाे । कार्यक्रममा  खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, विपि चिन्तन प्रतिष्ठानमा अन्तराष्ट्रिय अध्यक्ष सन्जीव राना, जापानी नागरिक काजुमासा काकिमी ओकेबाजे, नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष रेखीराम रानालगायतले शुभकामना दिनुभयाे ।

उद्घाटनमा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले स्वागत, जिल्ला भलिबल सङ्घका महासचिव कृष्ण आलेकाे संचालन र सङ्घका अध्यक्ष राजु गुरूङ्काे अध्यक्षतामा भएकाे हाे । खेल फागुन २३ गतेसम्म संचालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेले बचाउनुभयाे । खेलमा सात प्रदेशका भलिबल समूह र एपिएफकाे एक समूहसहित ८ समूहकाे सहभागिता रहेकाे छ । खेलमा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेले क्रमश २ लाख ५० हजार, १ लाख ५० हजार, ७५ हजार ३५ हजार नगदसहित ट्रफी पाउनेछन् । 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update