Erani Mahal
बेथलको वार्षिकोत्सवको अवसरमा भलिवल : जनता मावि प्रथम 

पाल्पा - जिल्लाको संस्थागत विद्यालयमा अव्वल बन्दै गइरहेको बेथल इङ्लिश बोर्डिङ सेकेण्डरी स्कुलको वार्षिकोत्सवका भलिबल प्रतियोगिता आयोजना गरिएको छ । 

 


स्कुलको २७ औं वार्षिकोत्सवका अवसरमा अन्तर माध्यमिक विद्यालय स्तरिय छात्र भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा जनता माध्यमिक विद्यालय जेभिटि प्रथम भएको छ । त्यस्तै बेथल सेकेण्डरी स्कुल दोश्रो भएको छ । प्रतियोगितामा विभिन्न विद्यालयलय भाग लिएका थिए ।

 

 

बेथलले वार्षिकोत्सवका अवसरमा तेक्वान्दो सम्बन्धि खेलहरु, एसक्यूसी कन्भेन्सन, ब्लड ग्रुप टेष्ट, फुड फेस्टिबललगाएत खेलकुद तथा विविध रचनात्मक कामहरु गरेर मनाएको विद्यालयका प्रिन्सिपल रुपचन्द्र थापाले जानकारी दिनुभयो ।

 

 

 


कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य खेम बहादुर सारुले विद्यार्थीको हौसला र क्षमता वृद्धिका लागि विद्यालयले विभिन्न रचनात्मक काम गर्नु सकारात्मक भएको बताउनुभयो । सारुले नतिजामुखी शिक्षा प्रदान गर्नु विद्यालयहरुको जिम्मेवारी भएकाले त्यसमा बेथल स्कुल प्रतिवद्ध रहेको बताउनुभयो ।

 
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update