Erani Mahal
पाल्पाको तिनाउमा बुटवलका  बृद्ध मृत फेला

 पाल्पा -  बुटवल १३ बेलबासका ७० वर्षिय बृद्ध पाल्पाको तिनाउमा मृत फेला परेका छन् । बुटवल उपमहानगरपालिका-१३ बेलबास  घर भएका बुद्ध किसान विश्वकर्मा पाल्पाको तिनाउ-३ मा पर्ने सिद्धार्थ राजमार्ग किनारमा मृत फेला परेका हुन् ।

 

 

स्याङ्जा भिरकोट स्थायी घर भएका विश्वकर्मा राजमार्गको किनारमा घोप्टो परेको अबस्थामा अचेत रहेको भन्ने सूचनाका आधारमा प्रहरीले उद्दार गरेर लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पु¥याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

 

 

 

बेलबासका विश्वकर्मा तिनाउ ३ को राजमार्गमा कसरी पुगे ? र उनको मृत्यु कुरी भयो ? भन्ने सम्बनधमा प्रहरीले अनुसन्धान थालेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update