Erani Mahal
गीतकार रेग्मीको शव्दमा आनि छोइड्गको स्वरको गीत सार्वजनिक

पाल्पा - गीतकार तथा प्रशासनविद डा. दामोदर रेग्मीको जिन्दगीको पाठशालाले धेरै पढायो, कहिले हंसायो कहिले रुवायो बोल रहेको शव्दको गीतको अडियो सार्वजनिक भएको छ ।

 

 

उक्त गीतको संगीतकार  कीर्ति न्यौपाने र स्वर आनि छोइड्ग डोल्माको रहेको छ ।यो गीत एउटा जीवन को भोगाई र सकारात्मक सोच सँग जोडिएको एउटा निकै मिठो गीत रहेको छ । यसमा गीतकारले शव्दको अति राम्रो संग चयन गर्नु भएको छ।

 

 

गीतकार डा। दामोदर रेग्मी आफैमा कुशल प्रशासनविद र राम्रा गीतहरुका रचनाकार हुनुहुन्छ उहांको गीतमा संगीतत भर्न पाउंदा ज्यादै खुशी लागेको र  आनि छोइड्ग डोल्माको स्वर समावेश गर्न पाउंदा हर्षविभोर भएको कुरा संगीतकार  कीर्ति न्यौपानेले बताए ।

 

 

गायिका आनि छोइड्ग डोल्माले यो गीतका शव्दहरु अति मर्मस्पर्सी र यथार्थपरक रहेका र मेलोडी अति सुन्दर रहेको छ  गीतकार डा। दामोदर रेग्मी र संगीतकार  कीर्ति न्यौपाने संगको यो सहकार्य मेरो यस अघिको गीत फुलको आंखामा  फुलै संसार जस्तै लोकप्रिय बन्ने कुरामा आशावादी रहेको कुरा बताइन । गीतकार डा। दामोदर रेग्मीले नव वर्षको अवसर पारेर एउटा सुन्दर संयोजन सहितको सकारात्मक सोच रहेको गीतमा संगीतकार  कीर्ति न्यौपाने र आनि छोइड्ग डोल्मा संग सहकार्य भएको गीत ल्याउन पाउंदा खुशी लागेको वताए ।

 

 

ए वन म्युजिशियन मिक्सिड्ग  माष्टरिड्ग  किशोर थापाले मिक्सिड्गको क्रममा मैले यो गीत सयौ पटक सुने। मिक्सिड्ग गर्दा मिक्सिड्गो काम सकिएपनि यो गीत सुनिरहन मन लाग्यो मैले मिक्सिड्ग र माष्टरिड्ग गरेका गीतहरुमा जिन्दगीको पाठशालाले धेरै पढायो, कहिले हंसायो कहिले रुवायो बोल रहेको शव्द रहेको यो गीत अव्वल गीतहरु मध्येमा पर्ने बताए ।

 

 

गीतकार डा। दामोदर रेग्मीको शव्दमा आनन्द कार्की, मुरलीधर, समीक्षा अधिकारी,  प्रताप दास, सुरेश लामा, अनु चौधरी, दीपा लामा जस्ता गायक गायिकाको स्वरमा चर्चित गीतहरु आइसकेका छन् र ती गीतहरुमा किरण कडेल, डि वि लामा, मुरलीधर आदि संगीतकारहरुको संगीत रहेको छ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update