Erani Mahal
पाल्पा, गुल्मी र स्याङ्जाकाे संगमस्थल रिडीमा माघे संक्रान्ति मेला सुरू 

पाल्पा – पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रिडीमा आजदेखि माघे संक्रान्ति मेला सुरु भएको छ । बिहानैदेखि कालीगण्डकी नदीमा स्थान गर्ने र नजिकै रहेको ऋषिकेश मन्दिरमा दर्शन गर्ने भक्तजनको भीडभाड बढेको छ । 
नेपालको चार धाममध्यकोे एक रुरु धाम रिडीमा नेपालसहित भारतबाट आएका भक्तजनहरू आउने क्रम जारी छ । माघे सङ्क्रान्तिमा रिडी क्षेत्रमा पुगेर ऋषिकेश मन्दिरको दर्शन र कालीगण्डकी नदीमा स्थान गरे पुन्य प्राप्त हुने जनविस्वास रहँदै आएको छ । परम्परादेखि नै यहाँ माघ १, २ र ३ गते पहिलो दिन जेठी, दोस्रो दिन माहिली, तेस्रो दिन कान्छी सङ्क्रान्ति मेला लाग्ने गरेको छ ।  
व्यापारपनि सँगै
संक्रान्तिको अवसरमा व्यापार–व्यवसाय गर्न पाल्पा, बाग्लुङ्, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका स्थानबाट घरेलु सामग्री बिक्रीको लागि व्यापारीहरू आइसकेका छन् । रोप्पा, रुकुम सल्यान, प्यूठान, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ्मा उत्पादन हुने ऊनीजन्य बस्तुहरू राडीपाखी, कम्बल, बाँसको सामग्रीहरू, जडीबुटीहरू बिक्री गर्न व्यापारीहरू आइतबारदेखि नै रिडीमा आइसकेको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update