Erani Mahal
‘महिनावारी स्वास्थ्य र पुरुष सहभागिता’ विषयक वक्तृत्वकला सम्पन्न 

तानसेन – विश्व महिनावारी दिवसको अवसरमा ‘महिनावारी स्वास्थ्य र पुरुष सहभागिता’ विषयक वक्तृत्वकला सम्पन्न भएको छ । विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीहरूले महिनावारी र पुरुष सहभागिताको विषयमा आफ्नो धारणा राखेका थिए । प्रतियोगितामा जनता माविकी छात्रा आलभी पाण्डे प्रथम, रत्न मावि झडेवाकी छात्रा दिवाना थापा  द्वितीय र सौभाग्य माविकी छात्रा स्वइच्छा ढुङ्गाना तेस्रो भएकी छन् । 
प्रतियोगितामा विजेता र सहभागीलाई कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले नगरसहित पुरस्कार प्रदान गर्नुभयो । महिनावारी नियमित चक्र भएकाले यसलाई सामान्य रुपमा लिनुपर्नेमा उहाँले सो अवसरमा धारणा राख्नुभयो । विद्यार्थीको प्रतीभाको विकास गर्नुका साथै समाजमा सकारात्मक सन्देश फैलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष चिदीले बताउनुभयो ।

IMG_9206-1716908108.JPG

IMG_9333-1716908111.JPG

 

IMG_9300-1716908107.JPG


कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चेले महिला तथा बालबालिकाको क्षेत्रमा माथागढी गाउँपालिकाले विशेष कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले समाजमा रहेको गलत धारणा परिवर्तन गर्न सचेतनाको आवश्यकता रहेकोमा जोड दिनुभयो । यस्तै स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरी, माथागढी–३ का वडाअध्यक्ष तेजबहादुर घर्तीमगर, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, स्वाास्थ्य कार्यालय पाल्पाका अधिकृत टिकाराम अघिकारी, नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका सोबाकान्त न्यौपानेलगायतले सो अवसरमा धारणा राख्नुभयो । 
माथागढी गाउँपालिका स्वास्थ्य शाखा संयाोजक केशव जिसीले कार्यक्रमबारे जानकारी दिनुहुँदै विद्यार्थीका बीचमा गरिएको कार्यक्रमले महिनावारी सम्बन्धी समाजमा रहेको गलत धारणा परिवर्तनमा भूमिका खेल्ने बताउनुभयो । 

 

ban-ad-1-1718529418.jpg
 

 
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update