Erani Mahal
पाल्पामै पहिलोपटक फेको मेसिनबाट आँखाको अप्रेसन

पाल्पा – जिल्लामै पहिलो पटक अत्आधुनिक फेको मेसिनबाट मोतियाबिन्दुका बिरामीको आँखाको शल्यक्रिया सुरु गरिएको छ । लायन्स लाकौल आँखा अस्पताल पाल्पाले मोतीबिन्दुका विरामीहरूको अत्याधुनिक मेसिन फेकोबाट जिल्लामै पहिलो पटक शल्यक्रिया सेवा सञ्चालन गरेको छ । 

 


बिरामीको आँखाको शल्यक्रियाका लागि आधुनिक प्रविधिको प्रयोग गरेर सेवा आरम्भ गरेको अस्पतालका चिकित्सक डा. सुचेनकुमार पुनले जानकारी दिनुभयो । आधुनिक मेसिनबाट शल्यक्रिया गर्दा धेरै चिरफार गर्न नपर्ने, बिरामीलाई सरल र सहज उपचार गर्न सकिने उहाँले बताउनुभयो । 

 


पछिल्लो समय पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजालगायतका जिल्लाबाट आँखाको शल्यक्रियाका लागि आउने बिरामीलाई मध्यनजर गर्दै मेसिनको प्रयोग गरेर सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । उक्त प्रविधिको मेसिनबाट आँखा भित्र सरसफाई गरी सरल ढङ्गले छिटो छरितो शल्यक्रिया गर्न सकिन्छ । 

 


अस्पतालमा आधुनिक मेसिन ल्याएसँगै आँखाका बरामीहरुलाई भैरहवा, काठमाडौं, पोखरा धाउनुपर्ने बाध्यताको अन्त भएको नेत्रज्योति सङ्घका सभापति वुद्धिप्रसाद शर्माले बताउनुभयो । 

 
 
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update